काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले भूकम्पपछिको पुनर्निर्माणका बाँकी काम सरकारले नियमित कार्यक्रममा राखेर सम्पन्न गरिने बताएका छन्। राजधानीमा बुधबार आयोजित नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मलेनलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले ०७२ सालको भूकम्पले भत्काएका स्वास्थ्य संस्था, विद्यालय, सरकारी र पुरातात्विक संरचना सरकारका नियमित कार्यक्रममा राखी प्राथमिकतासाथ सम्पन्न गरिने बताएका हुन्। यसअन्तर्गत निजी आवासको काम चालु वर्षमा सम्पन्न गर्ने […]