म्याग्दी । बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ३ स्थित रुप्से झरनामा बेलिब्रिज जोडिएपछि शुक्रबारदेखि सडक नियमित सञ्चालनमा आएको छ । ४८ मिटर लामो बेलिब्रिज शुक्रबारदेखि सञ्चालनमा आएको हो । तीन वर्षअघि २०७७ साल साउनमा रुप्से झरनामा आएको बाढीले अस्थायी पुल र निर्माणाधीन पक्की पुल एकसाथ बगाएको थियो । बेलिब्रिज जडानको काम तीन महिनामा सम्पन्न भएको […]