प्रदेशको नाम र राजधानी तोकिएको खुसियालीमा सार्वजनिक विदा

 मधेस प्रदेश सरकारले मंगलबार प्रदेशभर सार्वजनिक विदा दिने घोषणा गरेको छ । प्रदेशको नाम र राजधानी तोकेको खुसियालीमा प्रदेश सरकारले मंगलबार प्रदेशभर सार्वजनिक विदा दिने घोषणा गरेको हो ।सोमबार बसेको प्रदेश सभा बैठकले मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ तय गरेको हो । यसको सोमबार २ पटक प्रदेशसभा बैठक बसेको थियो । पहिलो बैठकले स्थायी राजधानी जनकपुर टुंगो लगाएको हो । पहिलो बैठकमा भएको मतदानमा ७८ जनाले जनकपुरको पक्षमा मत दिएका थिए । दोस्रो बैठकले प्रदेशको नाम टुंगो लगाएको हो ।  दोस्रो बैठकमा उपस्थित ९९ प्रदेशसभा सांसद मध्ये ८० सांसदले मधेश प्रदेशको पक्षमा मतदान गरेका थिए । प्रदेशसभाको दुई तिहाई बहुमतले प्रदेशको नामाकरण गर्ने ब्यबस्था छ । स्थायी राजधानी जनकपुरको केन्द्र भई उत्तरमा ढल्केवर पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, पश्चिममा मिथिला माध्यमिक परिक्रमा सडक र दक्षिण नेपालको सिमाना कायम हुनेछ । 

सम्बन्धित सामग्री

नाम र राजधानी टुङ्गो लागेको खुशियालीमा मधेश प्रदेशमा आज सार्वजनिक बिदा

मधेश प्रदेशमा आज (मङ्गलबार) सार्वजनिक बिदा दिइएको छ । सोमबार दुई तिहाई बढी बहुुमतबाट प्रदेश २ को नाम ‘मधेश प्रदेश’ र राजधानी ‘जाकपुरधाम’ टुङ्गो लागेको खुसियालीमा आज सार्वजनिक विदा दिएको हो ।

मधेश प्रदेश भएको खुसियालीमा भोलि सार्वजनिक विदा

जनकपुरधाम । प्रदेशको नाम मधेश राखिएको खुसीयालीमा मधेश प्रदेशले भोलि सार्वजनिक विदा दिएको छ । आज भएको नामकरण सम्बन्धी मतदानमा दुई तिहाइ भन्दाबढीले मधेश प्रदेश राख्न मत दिएका थिए । आर्थिक मामिला तथा योजनामन्त्री शैलेन्द्र प्रसाद साहले भोलि सार्वजनिक विदा दिने निर्णय भएको सामाजिक संजालमा उल्लेख गरेका छन् । ‘आज नाम र राजधानी तोकिदा सबै […]