इलामको फाकफोकथुम गाउँपालिका २ को वडाध्यक्षमा पौडेल विजयी

इलाम : जिल्लाको फाकफोकथुम गाउँपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसका यामबहादुर खत्री पौडेल विजयी भएका छन्।भर्खरै सम्पन्न मतगणना अनुसार नेकपा एमालेका देउकुमार राईलाई झिनो मतान्तरले हराउँदै पौडेल वडाध्यक्षमा निर्वाचित भएका हुन्। पौडेलले ७१४ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी राईले ७०७ मत पाएका थिए। मतगणनालाई अस्वीकार गर्दै नेकपा एमालेका कार्यकर्ताले मतगणना परिसरमा नाराबाजी गरिरहेका छन्।

सम्बन्धित सामग्री

ज्ञानदिल दासको जन्मभूमिलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

इलामको फाकफोकथुम गाउँपालिका–३ स्थित आमचोकलाई धार्मिक र पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न थालिएको छ । सन्तकवि ज्ञानदिल दासको जन्मभूमि आमचोकलाई धार्मिक एवं पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न फाकफोकथुम गाउँपालिकासहित त्यस क्षेत्रका स्थानीय बासिन्दा लागिपरेका छन् । आमचोकको संरक्षण एवं प्रवद्र्धनको काम भइरहेको छ । आमचोकलाई नेपालकै धार्मिक र पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न थालेको गाउँपालिका …

नमुना बनाइँदै आमचोकको सिंहदेवी मावि

फाकफोकथुम गाउँपालिका–३, आमचोकको सिंहदेवी माध्यमिक विद्यालयलाई नमुना बनाउने प्रयास थालिएको छ।

नमुना बनाइँदै आमचोकको सिंहदेवी मावि

फाकफोकथुम गाउँपालिका–३, आमचोकको सिंहदेवी माध्यमिक विद्यालयलाई नमुना बनाउने प्रयास थालिएको छ।

गठबन्धनलाई हराउँदै एमालेले जित्यो इलामको फाकफोकथुम गाउँपालिका

सत्ता गठबन्धनलाई हराउँदै फाकफोकथुम गाउँपालिका अध्यक्षमा एमालेका दिपेन्द्र खनाल निर्वाचित भएका छन् ।

पराजित भएपछि फाकफोकथुम गाउँपालिका–२ मा पुन: मतदान गर्नुपर्ने एमालेको माग

इलाम : फाकफोकथुम गाउँपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसका यामबहादुर खत्री पौडेल विजयी भएका छन्।  ७ मतले देउकुमार राई पराजित भएपछि एमालेले पुन मत गणनाको माग गरेको छ।एमाले चर्को नाराबाजी गरिरहेको स्थलगत रिपोर्टिङ गरिरहेका थाहाखबरकर्मी नमीन ढकालले जानकारी दिएका छन्।  तनावको अवस्था सिर्जना भएपछि कडा सुरक्षा व्यवस्था गरिएको छ।

कुटपिट अभियोगमा फाकफोकथुम गाउँपालिका उपाध्यक्ष प्रहरी नियन्त्रणमा

इलाम । फाकफोकथुम गाउँपालिका उपाध्यक्ष सरस्वती राई सरु अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेकी छिन । केहिदिन अघि कामदार कोरिया पठाउने विषयमा उत्पन्न विवाद समाधानका लागि भएको वार्ताको दिन सर्वसाधारण माथि कुटपिटको आरोप लागेको थियो । आरोप लागेसँगै राई जिल्ला प्रहरी कार्यालयमा आफै आएको र अनुसन्धान अघिबढेको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ […] The post कुटपिट अभियोगमा फाकफोकथुम गाउँपालिका उपाध्यक्ष प्रहरी नियन्त्रणमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

फाकफोकथुम गाउँपालिका उपाध्यक्ष सरस्वती राई प्रहरी नियन्त्रणमा

फाकफोकथुम गाउँपालिका उपाध्यक्ष सरस्वती (सरु) राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा जाहेरी परेपछि उनलाई नियन्त्रणमा लिइएको हो।...

सिडिओको आश्वासनपछि फाकफोकथुम गाउँपालिकाको ताला खुल्यो

मौसमी कामदार कोरिया पठाउने विषयमा असन्तुष्ट युवाले फाकफोकथुम गाउँपालिका कार्यालयमा गरेको तालाबन्दी खुलेको छ।...

इलाम र पाँचथरका बाढी पीडितलाई भेटेर प्रधानमन्त्रीले भनेः सरकार तपाईको साथमा छ

केही दिन अगाडि अविरल वर्षासँगै आएको बाढीका कारण प्रभावित भएकाको अवस्था निरीक्षण गर्नेक्रममा प्रधानमन्त्रीले इलामको फाकफोकथुम गाउँपालिका, माङ्सेबुङ गाउँपालिका र पाँथरको फाल्गुनन्द गाउँपालिकाको निरीक्षण गरेका हुन्।...

इलामको फाकफोकथुम गाउँपालिका अध्यक्षमा कांग्रेस

फाकफोकथुम गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका रामकुमार श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठले ४१ सय ४२ मत ल्याएका छन्। निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका दीपेन्द्र खनालले ३९ सय ८३ मत ल्याए।