ज्ञानदिल दासको जन्मभूमिलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

इलामको फाकफोकथुम गाउँपालिका–३ स्थित आमचोकलाई धार्मिक र पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न थालिएको छ । सन्तकवि ज्ञानदिल दासको जन्मभूमि आमचोकलाई धार्मिक एवं पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न फाकफोकथुम गाउँपालिकासहित त्यस क्षेत्रका स्थानीय बासिन्दा लागिपरेका छन् । आमचोकको संरक्षण एवं प्रवद्र्धनको काम भइरहेको छ । आमचोकलाई नेपालकै धार्मिक र पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न थालेको गाउँपालिका …

सम्बन्धित सामग्री

चिम्टेश्वर क्षेत्रलाई पर्यटकीय स्थलका रुपमा विकास गरिँदै

९ फागुन,  नुवाकोट । धार्मिक, ऐतिहासिक, पर्यटकीय र  पुरातात्विक महत्वको चिम्टेश्वर क्षेत्रलाई थप विकासित गर्न तीनै तहका सरकारले अग्रसरता देखाएका छन् । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको एकीकरण अभियानसँग जोडिएको उक्त क्षेत्रमा पूर्वधार र वातावरणीय विकास गरी संरक्षण र प्रवर्द्धन गर्न नरपालिकाले चिम्टेश्वर क्षेत्र विकास समिति ऐन जारी गरी समिति गठन गरेको छ । सो क्षेत्रमा बागमती […]

चिम्टेश्वर क्षेत्रलाई पर्यटकीयस्थलका रूपमा विकास गरिँदै

धार्मिक, ऐतिहासिक, पर्यटकीय र पुरातात्त्विक महत्वको चिम्टेश्वर क्षेत्रलाई थप विकसित गर्न तीनै तहका सरकारले अग्रसरता देखाएका छन् ।

पर्यटकीय क्षेत्रमा खानेपानी र विद्युतीय लाइन विस्तार गरिँदै

कर्णाली प्रदेशका १० जिल्लामा रहेका औद्योगिक, संस्कृतिक तथा पर्यटकीय क्षेत्रमा खानेपानी, विद्युत सेवा विस्तार गर्न लागिएको छ । जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले आर्थिक वर्ष २०७९/०८० मा बजेट विनियोजन गरी कर्णालीका धार्मिक सांस्कृतिक तथा पर्यटकीय क्षेत्रमा खानेपानी र विद्युत सेवा पुर्‍याउन लागेको हो ।झण्डै एक करोडभन्दा बढी बजेट यहाँको आधारभूत पूर्वाधारको काममा खर्च गर्न लागिएको […]

रामघाटमा ज्येष्ठ नागरिक सभाहल निर्माण गरिँदै

धार्मिक तथा पर्यटकीय नगरी रामपुर नगरपालिका–५ स्थित रामघाटमा ज्येष्ठ नागरिक सभाहल निर्माण थालिएको छ । लक्ष्मीनारायण गुठी सञ्चालक समितिद्वारा यहाँ ज्येष्ठ नागरिकलाई लक्षित गरेर सभाहल बनाउन थालिएकोे हो । सङ्घीय सरकारको रु २५ लाख सहयोगमा निर्माण हुने भवन आगामी कात्तिक महिनाभित्र सम्पन्न गर्ने लक्ष्यअनुसार निर्माण अगाडि बढाइएको लक्ष्मीनारायण गुठी सञ्चालक समितिका अध्यक्ष बुद्धिप्रकाश रेग्मीले जानकारी दिए । नगरप्रमुख  रमणबहादुर थापाले धर्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा विकास हुँदै

कटहरबारी पार्कलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरिँदै

काठमाडौँ,३० साउन । रामपुरको कटहरबारी पार्कलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लागिएको छ । रामपुर नगरपालिका–६ स्थित उक्त पार्कमा पूर्वाधार विकासका कार्य अगाडि बढाइँदैछ । कालीगण्डकी नदीको नजिकै रहेको पार्क परिसरलाई नेपालकै उत्कृष्ट धार्मिक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्ने योजना बनाएर पूर्वाधार विकासका काम थालिएको हो । अहिले पार्क परिसरमा गणेश मन्दिर निर्माण र […]

तिलेश्वरनाथलाई पर्यटकीय क्षेत्र बनाउन संरचना निर्माण गरिँदै

रौतहट (अस) । रौतहटको तिलेश्वरनाथ सामुदायिक वनलाई धार्मिक तथा पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले संरचना निर्माण थालिएको छ । नेपाल सरकार पर्यटन मन्त्रालय र चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोगमा भौतिक संरचनाको निर्माण थालिएको हो । चन्द्रपुर नगरपालिका–३ मा रहेको तिलेश्वरनाथ सामुदायिक वन क्षेत्रमा तिलेश्वरनाथ पर्यटकीय क्षेत्र निर्माण गर्न लागिएको सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष राजु धामीले बताए । उनका अनुसार करीब सात करोडको लागतमा सो स्थानमा नमूना पर्यटकीय स्थल बन्नेछ । वन विभाग र वन उपभोक्ता समूहको आर्थिक सहयोगमा बाल उद्यान निर्माणको काम भइरहेको छ । बालबालिकाका लागि बाल उद्यान, फूलबारी लगायत संरचना निर्माण गरिएका छन् । यसै आर्थिक वर्षभित्र सो पार्क तथा पर्यटकीय स्थलको काम सम्पन्न गर्ने लक्ष्य रहेको अध्यक्ष धामीको भनाइ छ । स्विमिङ पुल, तिलेश्वर मन्दिर, पिकनिक स्पट, बाटो, बगैंचा, फूलबारी, भ्यूटावर, नजिक रहेको चाँदी खोलामा झोलुङे पुलका साथै संग्रहालयको संरचना समेत निर्माण गरिने धामीले बताए । चिडियाखाना बनाउने योजना पनि रहेको उनले जानकारी दिए । घुम्न आउनेका लागि सुविधायुक्त खाजाघर, खानेपानी, बिजुलीबत्ती र सडक बनाइने उनको भनाइ छ । प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने लक्ष्य तिलेश्वरनाथ सामुदायिक वन उपभोक्ता समितिले राखेको छ । समितिका कोषाध्यक्ष भुनेश्वर गुरोका अनुसार धार्मिक तथा पर्यटकीय दृष्टिकोणले सो क्षेत्र महत्त्वपूर्ण रहेको छ । अहिले निर्माणको क्रममा रहेकै बेला यहाँ घुम्न तथा वनभोजका लागि आउनेहरू बढेको उनले बताए ।

बागलुङको घुम्टेमा आज र भोलि विश्वशान्ति पूजा गरिँदै

बागलुङ – धार्मिक एवं पर्यटकीय गन्तव्यस्थल घुम्टेमा आज (बुधबार) र भोलि (बिहीबार) विश्वशान्ति पूजा हुने भएको छ । कात्तिक अष्टमी तिथि पारेर लघुरुद्री तथा लाखबत्ती प्रज्ज्वलनसमेत गर्न लागिएको गलकोट घुम्टे पर्यटन विकास केन्द्रले जनाएको छ । तीन हजार ११० मिटर उचाइको घुम्टेमा अवस्थित सिद्ध–भैरव मन्दिर परिसरमा वैदिक विधिपूर्वक पूजापाठ गरिने केन्द्रका अध्यक्ष झङ्कबहादुर बस्नेतले बताए। […]

चण्डेश्वरीदेखि–गोसाईंस्थान पदमार्ग निर्माण गरिँदै

बनेपा । काभ्रेपलाञ्चोकको धार्मिक तथा ऐतिहासिक मन्दिर चण्डेश्वरीदेखि गोसाईंस्थानसम्मको पर्यटकीय पदमार्ग निर्माण शुरू गरिएको छ । बनेपा नगरपालिकाको गौरवको योजनाअन्तर्गत वडा नं ५ को चण्डेश्वरी मन्दिरदेखि वडा नं ६ को गोसाईंस्थानस्थित महादेव मन्दिरसम्म पर्यटकीय पदमार्गको लागि नगरपालिका र शहरी विकास मन्त्रालयको गरी करिब पाँच करोड आर्थिक सहयोगमा सिँढी निर्माण शुरू भएको हो ।      बनेपा नगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ मा विनियोजन गरेको १ करोड ३७ लाखमा ठेक्का आह्वान गरी अहिले सिँढी निर्माण भइरहेको वडा नं ५ का वडाध्यक्ष बलराम अधिकारीले बताए । नगरपालिकाको गौरवको आयोजनाअन्तर्गत विभिन्न आयोजनामध्येको सो सिँढी गत वर्षदेखि नै प्रयत्न गरिएकोमा प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन गरी यस वर्ष ठेक्का आह्वान भएर काम अगाडि बढेको हो,’ उनले भने, ‘यो पदमार्ग निर्माण भएपछि पर्यटकीय गन्तव्य बन्नेछ ।’ वडा नं ५ को चण्डेश्वरी मन्दिर छेउबाट शुरू भएर वडा नं ६ को गोसाईंस्थान मन्दिरसम्म पुग्ने सिँढी एक हजार ६०० निर्माण हुने उनले बताए । आठ मिटरको चौडाइमा निर्माण थालिएको सिँढीका लागि शहरी विकास मन्त्रालयबाट समेत ३ करोड ५० लाख बजेट विनियोजन भइसकेकाले छिट्टै सम्पन्न हुने उनको भनाइ छ । यसअघि चण्डेश्वरीबाट गोसाईंस्थान मन्दिर जान बनेपा बुडोल भएर घुमेर जानुपर्ने अवस्था रहेकोमा सिँढी निर्माण भएपछि छोटो बाटोमा सिधै जान पाउने भएको छ । सिँढीसँगै सो क्षेत्रमा पार्किङ, बगैंचालगायतका काम हुनेछ । बनेपाकै महत्त्वपूर्ण जंगलको रूपमा रहेको चण्डेश्वरी जंगल भएर निर्माण हुने पदमार्ग वडा नं ६ मा रहेको शहीद पार्कलाई समेत छोएर गोसाईंस्थानसम्म जोडिनेछ । विशेषगरी बजार क्षेत्रका मानिस बिहानी हिँडाइसँगै धार्मिक हिसाबले मन्दिरमा दर्शन गर्न आउनेलाई समेत सो सिँढी निर्माण भएपछि थप सहज हुने अपेक्षा गरिएको छ । त्यससँगै नगरपालिकाले बुद्धपार्क र पूण्यमाता कोरिडोरलगायतको क्षेत्रमा पनि निर्माण अगाडि बढेको बताएको छ । रासस

डोटीका पाँच शाखा सडक कालोपत्रे गरिँदै

२३ असार, डोटी । सुदूरपश्चिम प्रदेश सरकारले डोटी जिल्लाभित्रका पाँच शाखा सडकहरु कालोपत्रे गर्दैछ । पूर्वाधार विकास कार्यालय डडेल्धुराका प्रमुख रामचन्द्र खत्रीले दिएको जानकारी अनुसार पाँच शाखा सडकमा ८६ किलोमिटर कालोपत्रे गर्ने गरि काम भइरहेको छ । खत्रीका अनुसार प्रसिद्ध धार्मिक एवं पर्यटकीय क्षेत्र खप्तडको पहुँच मार्गका रुपमा रहेको सिलगढीदेखि झिग्रानासम्मको १५ किलोमिटर पाँच सय […]

पर्यटकीय केन्द्रका रूपमा बाटुलेचौर र ठूलीपोखरीलाई विकास गरिँदै

पर्वतको प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल बाटुलेचौर मन्दिरलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिने भएको छ ।