नेपाल खेलकुद महासंघले कोभिड–१९ विरुद्धको राष्ट्रिय अभियानलाई जारी राखेको छ ।
अभियान अन्तर्गत अघिल्लो मोर्चामा खटिने सुरक्षा निकायलाई मध्यनजर राख्दै महासंघका केन्द्रीय स्थायी कमिटी सदस्य सुरेश कार्कीको नेतृत्वमा सुनसरी जिल्लाको विभिन्न ६ ठाउँमा रहेका प्रहरी कार्यालयलाई स्वास्थ्य सामाग्री मास्क, स्यानिटाइजर, साबुन, फेसशिल्ड प्रदान गरिएको छ ।
खेलकुद महासंघले ‘कोभिड नो भीड’ भन्ने नाराका साथ देशका ७७ जिल्लामा स्वास्थ्य सामग्री वितरण गर्ने कार्यक्रम छ । स्थायी कमिटी सदस्य कार्कीको नेतृत्वमा सुनसरी जिल्ला संयोजक पुष्प...