साखः ग्रुपले सुरु गर्‍यो कम्पोस्ट मल उत्पादन

साखः ग्रुपले जापानी प्रविधिमा आधारित रिकिसी कम्पोस्ट मल उत्पादन सुरु गरेको छ । रासायनिक मलको हाहाकार भइरहेको बेला साखः ग्रुपले किसानका लागि सो मल उत्पादन सुरु गरेको छ । उदयपुरको दुधौली नगरपालिकामा प्लान्ट स्थापना गरी सो मल उत्पादन सुरु गरेको साखः ग्रुपका प्रमुख किरणप्रकाश साखःले बताउनुभयो । १४ करोड रुपियाँको लगानीमा सुरु भएको सो प्लान्टबाट प्रत्येक दुई महिनामा छ हजारदेखि आठ हजार मेट्रिक टन मल उत्पादन हुन्छ । उत्पादन सुरु भएदेखियता पाँच सय मेट्रिक टन बिक्री भइसकेको उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

तुलसी कम्पोस्ट मल उत्पादन सुरु

तुलसीपुर उपमहानगरपालिकाले गल्ने फोहोरबाट तुलसी कम्पोस्ट मल उत्पादन सुरु गरेको छ । पालिकाले दैनिक सङ्कलन हुने गल्ने फोहोरलाई तुलसी कम्पोस्ट मलका रूपमा तयार पारेर बिक्री गर्नलाई बोरामा प्याकिङसमेत गरेको छ । उत्पादन भइरहेको मललाई किसानसम्म पु¥याउनका लागि तयारी गरेको छ ।

तुलसीपुर उपमहानगरद्वारा कम्पोस्ट मल उत्पादन

दाङको तुलसीपुर उपमहानगरपालिकाले फोहोरबाट कम्पोस्ट मल उत्पादन सुरु गरेको छ । तुलसी कम्पोस्ट मल नाम दिएर तीन

पाँचखालमा ‘जापानिज’ प्रविधिमा प्राङ्गारिक मल उत्पादन

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको सहकार्यमा जापानिज प्रविधिबाट प्राङ्गारिक (कम्पोस्ट)मल उत्पादन थालिएको छ । वडा नं ४ स्थित जिरोकिलोमा स्थापित प्राङ्गारिक मल केन्द्रको आइतबार एक कार्यक्रमकाबीच नगर प्रमुख महेश खरेलले उद्घाटन गर्नुभएको छ । पाँचखाल नगरमा निस्कने कुहिले फोहर सङ्कलन तथा गोबर सुली, पातपतिङ्गरको प्रयोगबाट जापानिज प्रविधिद्वारा प्राङ्गारिक मल उत्पादन सुरु गरिएको हो । केन्द्रले नेपाल सरकारको …

साखः ग्रुपले उत्पादन गर्न थाल्यो कम्पोस्ट मल

विगत लामो समयदेखि स्टिल, हाउजिङलगायतको व्यवसाय गर्दै आएको साखः ग्रुपले फोहोरबाट मल उत्पादन सुरु गर्न थालेको छ । जापानी प्रविधिमा आधारित सिएनविएम प्रविधिबाट मल उत्पादन गरी रिकिशी दाईचि कम्पोष्ट फर्टिलाइजर एण्ड एग्रो प्रालिले रिकिशि कम्पोष्ट प्रालिको सहकार्यमा रिकिशि ब्राण्ड कम्पनोष्ट मल बजारमा ल्याएको हो । सडकमा फालिइने फोहोरबाट सिएनविएम प्रविधिबाट मलको उत्पादन गरी गन्धरहित मल […]

काठमाडौं महानगरले सुरु गर्‍यो फोहोरबाट कम्पोस्ट मल उत्पादन

काठमाडौं महानगरले कम्पोस्ट मल बनाउन सुरु गरेको छ । टेकुस्थित वातावरण परिसरमा दुई साताअघिदेखि कुहिने फोहोरबाट कम्पोस्ट मल बनाउन सुरु गरेको हो । फोहोरबाट मल बनाउन चितवनको भरतपुर र मध्यपुर थिमीमा रहेको सफा...

खोटाङमा कम्पोस्ट मल उत्पादन सुरु

खोटाङमा कम्पोस्ट मल उत्पादन सुरु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा स्थापना गरिएको कम्पोस्ट मल उद्योगबाट उत्पादन सुरु भएको हो ।

पतकरबाट कम्पोस्ट मल

कमलामाई नगरपालिका–५ मधुटारमा अध्ययन–अनुसन्धान केन्द्रको विकास गर्न कम्पोस्ट मल उत्पादन सुरु गरिएको छ । पहिलो चरणमा जंगलको पातपतकर, सोत्तर, काम नलाग्ने झारबुटालगायत जैविक वस्तु संकलन गरी कम्पोस्ट मल बनाउन थालिएको हो ।

फोहोरबाट मोहोर बटुल्दै मध्यपुर थिमी

मध्यपुर थिमी नगरपालिकाले घरबाट निस्कने फोहोरलाई गन्धरहित रूपमा कम्पोस्ट मल बनाउन सुरु गरेको करिब दुई वर्ष पुग्न लाग्यो । कुहिने फोहोरलाई जापानी प्रविधिबाट मल बनाउन थालेपछि नगरपालिकाको आम्दानी बढ्नुका साथै किसानलाई समेत राहत पुगेको छ । दुई वर्षभित्र नगरपालिकाले तीन करोड रुपियाँको मल मात्र बिक्री गरेको छ भने यस प्रविधिबाट फोहोरलाई मल बनाउन विभिन्न क्षेत्रका गरी १२५ जनालाई तालिमसमेत प्रदान गरेको छ । नगरप्रमुख मदनसुन्दर श्रेष्ठले भन्नुभयो, “अरू नगरपालिकालाई फोहोर समस्या भएको छ तर मध्यपुरलाई आम्दानीको स्रोत भएको छ ।” नगरपालिकाले जापानको टोबा सहरमा स्थलगत रूपमा अवलोकन गरी जापानी प्रविधिबाट मल उत्पादन गर्न सुरु गरेको हो ।