लायन्सले पठायो म्याग्दी र पर्वतका बाढी पहिरो पिडितलाई राहत

कास्की । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आई नेपालले म्याग्दी र पर्वतका बाढी पहिरो पीडितका लागि आपत्कालीन राहत सामग्री पठाएको छ । लायन्स अन्तर्राष्ट्रिय एलसीआईएफको डिजास्टर रिलिफ इमर्जेन्सीग्रान्ट अन्तर्गत (EMR21408/3251)  प्राप्त दश हजार डलर र डिस्ट्रिक्ट ३२५ आई नेपालको डिजास्टरफण्डबाट करिव ३ लाख रकमबाट बाढी पहिरो पीडितहरूका लागि समान पठाएको हो । म्याग्दीको मालिका गाउँपालिका–२, […]

सम्बन्धित सामग्री

बाढी पहिरोका घटनामा सांसदले गराए सरकारको ध्यानाकर्षण

काठमाडौं : देशभर मनसुनका कारण विपतका घटना बढेपछि सरकारको पूर्वतयारी र राहत तथा उद्धारमा देखिएका प्रगतिप्रति सांसदहरुले आपत्ति जनाएका छन्।आजको प्रतिनिधिसभा बैठकमा सांसदहरुले भूकम्पदेखि बाढी पहिरो पीडितको राहत उद्धार र व्यवस्थापनमा आवाज उठाएका हुन्।बैठकको शून्य समयमा सांसद भूपेन्द्रबहादुर थापाले दुई दिनको अविरल वर्षाका कारण म्याग्दी जिल्लाका विभिन्न स्थानमा पहिरोमा परी बेपत्ता भएका परिवारको खोजी गर्न सरकारको ध्यानाकर्षण गराए।‘म्याग्दी जिल्लामा दलित समुदायको बस्ती अत्यन्त जोखिममा छ। त्यस

म्याग्दीमा बाढीपहिरोबाट ८३ घरमा क्षति, जोखिममा ७३ घर

म्याग्दी : यस वर्षको मनसुन सुरु भएयता म्याग्दीमा बाढी‚ पहिरो र कटानले ८३ घरमा पूर्ण क्षति पुगेको छ। थप १२ घरमा आंशिक क्षति, १४४ घर उच्च र ७३ घर कम जोखिममा परेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ।सहायक प्रमुख जिल्ला अधिकारी सुवास शर्मा पौडेलका अनुसार बाढी पहिरोले दुईजनाको मृत्यु र छजना घाइते भएका छन्। पहिरोले घर क्षति भएकामध्ये ५८ परिवारलाई जिल्ला प्रशासन कार्यालयले नौ लाख ६० हजार र मृतक दुईजनाका परिवारलाई तीन लाख रुपैयाँ राहत उपलब्ध गराइसकेको पौडेलले जानकारी दिए।पाँचजनासम्म सदस्य भएक

म्याग्दीमा बाढी पहिरोले ८५ घरमा क्षति

म्याग्दी । यस वर्षको मनसुन शुरू भएयता बाढी, पहिरो र कटानले म्याग्दीमा ८३ घर भत्किएका छन् । थप १२ घरमा आंशिक क्षति, १४४ घर उच्च र ७३ घर कम जोखिममा परेका जिल्ला प्रशासन कार्यालयले बताएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सुवास शर्मा पौडेलका अनुसार बाढी पहिरोले दुई जनाको मृत्यु र ६ जना घाइते भएका छन् ।      पहिरोले घर क्षति भएकामध्ये ५८ परिवारलाई जिल्ला प्रशासन कार्यालयले ९ लाख ६० हजार र मृतक दुई जनाका परिवारलाई ३ लाख राहत उपलब्ध गराएको छ । पाँच जनासम्म सदस्य भएका परिवारलाई १५ हजार र पाँच जनाभन्दा बढी संख्यामा सदस्य भएका परिवारलाई  २० हजारका दरले राहत वितरण गरिएको सहायक प्रजिअ पौडेलले बताए । पहिरोबाट घर भत्किएका तथा जोखिममा परेर विस्थापित भएका आफन्तको घर र सामुदायिक भवन तथा सामूहिक टहरा बनाएर बसेका छन् । अन्नपूर्ण गाउँपालिकाको धोस्केखोर, रघुगंगाको बेग, बेनीको सिंगा तातोपानी, मंगलाको अर्मन, मालिकाको रूम र धवलागिरिको खोरियामा पहिरोले क्षति पुगेको छ । गतवर्षको बर्खामा भत्किएका घर पुनःनिर्माणका लागि पर्याप्त बजेट नआउँदा प्रभावित भएको छ । रासस