एजेन्सी, २२ भदौ । विश्व फुटबलका चर्चित हस्ती ब्राजिलियन लेजेन्ड फुटबलर पेले अस्पताल भर्ना भएका छन् ।सोमबार उनको शल्यक्रिया गरेर पेटबाट ट्युमर निकालिएको बताईएको छ । उनी वार्षिक चेकअपको लागि अस्पताल पुगेको बेला ट्युमर देखिएको थियो । उनलाई ६ दिन अघि अस्पताल भर्ना गरीएको जनाइएको छ । अहिले उनको अवस्था सामान्य रहेको बताइएको छ । […]