काठमाडौँ- ब्राजिलियन फुटबलर पेले अस्पताल भर्ना भएका छन् । अस्वस्थ्य भएपछि ६ दिनअघि अस्पताल भर्ना गरिएका उनको पेटबाट ट्यूमर निकालिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । ‘द ब्लाक पर्ल’ ले चिनिने ८० वर्षीय पेले तीन पटक विश्वकप जित्ने एक्लो खेलाडी हुन् । पेलेले ब्राजिललाई सन् १९५८, १९६२ र १९७० मा विश्वकप उपाधि दिलाएका थिए । […]