मौसम सफा भन्दै थिए बर्सात चल्यो फेरि आफ्ना समेत डुबाइ लग्यो जिमी गल्यो फेरि।। नजोतिएका बहर जोते उब्जाउ हुने आशले खेतमा बस्यो राँटै राँटा सिउँडी फल्यो फेरि।। किरिया ख्वाइ थकाइ मार्न आराम गरौँ भन्दा आगो हाल्या हुक्का चिलिम कता ढल्यो फेरि।। भर्खरको दौरा सुरुवाल कस्तो सुग्घर थियो तेल हालेको कालो मोसो कस्ले दल्यो फेरि।। आफू […]