बुटवलको दियालो फुडल्याण्ड आगलागीबाट जल्यो

बुटवलको मिलनचोकमा रहेको दियालो फुडल्याण्डमा रेष्टुरेन्टमा गएराति आगलागी भएको छ । बुटवलको मिलनचोकको दुर्गा डिजल्स नजिकै रहेको दियालो फुडल्याण्डमा मध्यराति करिब १ः३० बजे आगलागी भएको इलाका प्रहरी कार्यालय, बुटवलले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।  आगलागीबाट फुडल्याण्डको पहिलो तलामा रहेको रेष्टुरेन्ट पूर्णरुपमा क्षति भएको छ । आगलागीबाट करिब डेढ करोड भन्दा बढीको क्षति भएको फुडल्याण्डका प्रबन्धक मदन भण्डारीले बताए । तीन वटा दमकलको सहायतामा करिब ३ घण्टापछि आगो नियन्त्रणमा आएको छ । आगो कसरी लाग्यो त्...

सम्बन्धित सामग्री

जीवन विकास लघुवित्तसहित चार कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं । ४ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ एचआईडिसिएल अर्थात\ हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, युनिभर्सल पावर कम्पनी, कालिका पावर कम्पनी र जीवन विकास लघुवित्तले भोलि (बुधवार) बुक क्लोज गर्दैछन् । सोही  अनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले यी कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।  एचआईडिसिएलले हाल कायम चुक्ता पूँजीको ५ दशमलव २६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । सो लाभांश पारित गर्न कम्पनीले पुस २९ गते १२ औं वार्षिक साधारण सभा बोलाएको छ । त्यसैगरी, यूनिभर्सल पावरले पुस २९ आफ्नो कार्यालय, त्रिपुरेश्वर, काठमाडौंमा साधारण सभा बोलाएको छ । सो सभा दिउँसो १२ः१५ बजे वेबिनारमार्फत शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको ८ दशमलव ५५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । कालिका पावरले पुस २८ दियालो फुडल्याण्ड चितवन प्रा.लि., भरतपुरमा साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ५२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै, जीवन विकास लघुवित्तले १४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ७३६९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्न पुस २९ गते आफ्नो केन्द्रीय कार्यालय, कटहरी, मोरङ्गमा पाँचौं वार्षिक साधारण सभा बोलाएको छ ।

महालक्ष्मी विकास बैंक दियालो फुडल्याण्डबीच सहकार्य

महालक्ष्मी विकास बैंक र होटल दियालो फुडल्याण्ड एण्ड पार्टी प्यालेसबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।उक्त सम्झौतापश्चात बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले होटलका विभिन्न सेवामा आकर्षक छुट पाउने बताइएको छ । डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने अभिप्रायका साथ बैकले विभिन्न शाखाहरुबाट जनचेतनामुलक कार्यक्रमहरु पनि सञ्चालन […]

महालक्ष्मी विकास बैंकका ग्राहकले दियालो फुडल्यान्डमा छुट पाउने

महालक्ष्मी विकास बैंकका सेवाग्राहीले दियालो फुडल्याण्ड एण्ड पार्टी प्यालेसमा छुट पाउने भएका छन् । दुई कम्पनीले आफ्ना सेवाग्राहीलाई सरल, सहज र गुणस्तरीय वित्तिय सेवा प्रदान गर्न आपसमा सहकार्य गर्ने सम्झौता गरेपछि बैंकका ग्राहकले छुट पाउने भएका हुन् ।सम्झौतापछि बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले छुट पाउने बताइएको छ । यो सहकार्यबाट सहकार्यबाट बैंकका सेवाग्राही थप लाभान्वित हुने विश्वास बैंकको छ । बैंकले देशभर कुल १०३ वटा शाखामार्फत क