भरतपुर– भरतपुर महानगरपालिकाले वैदेशिक रोजगारबाट फर्केकाको तथ्यांक संकलन सुरुआत गरेको छ । उनीहरूले आर्जन ज्ञान र सीपको उपयोग गरी स्वदेशभित्र रोजगारी उपलब्ध गराउन महानगरपालिकाले तथ्यांक संकलन थालनी गरेको हो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार बोर्डले स्थानीय तहको सहकार्यमा कार्यक्रम सञ्चालनका लागि महानगरपालिकाका २९ वटै वडामा तथ्यांक संकलन भइरहेको महानगरपालिकाका उपसचिव […]