काठमाण्डाै - सत्ता साझेदार दलहरुले प्रदेशका मुख्यमन्त्री, सभामुख र उपसभामुखको भागबण्डा मिलाएका छन् । सहमतिअनुसार प्रदेश १, गण्डकी, लुम्बिनी र कर्णालीमा पूरै कार्यकाल एकल नेतृत्वको सरकार बन्ने छ भने मधेस, बाग्मती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा आलोपालो हुनेछ ।
प्रदेश १ मा एमाले संसदीय दलका नेता हिक्मत कार्की हिजो मुख्यमन्त्रीमा नियुक्त भइसक्नुभएको छ । प्रदेश १ मा माओवादी केन्द्रले सभामुख र एमालेले उपसभामुख लिने सहमति छ ।
मधेस प्रदेशमा जनता समाजवादी पार्टी जसपा र जनमत पार्टीले मुख्यमन्त्रीमा आलोपाल...