उत्तरी सीमा क्षेत्र हिल्सास्थित यारी नाका भन्सार कार्यालयको वार्षिक आम्दानीभन्दा खर्च बढी हुने देखिएको छ । कर्मचारीको पारिश्रमिक र अन्य खर्च जोड्दा आम्दानीभन्दा बढी खर्च हुने देखिएको हो ।
पाँचथर, २६ माघ । आम्दानीभन्दा खर्च बढी हुने भएपछि पाँचथरको कुम्मायक गाउँपालिकामा सञ्चालित यासोक बृहत पम्पिङ खानेपानी आयोजना समस्याग्रस्त बनेको छ । आयोजना सञ्चालनमा कठिनाइ भएपछि उपभोक्ता समिति यतिबेला तीनै तहका सरकारसँग सहयोगका लागि हारगुहार गरिरहेको छ । तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८०/८१ का चार महिनामा मात्रै आयोजनाले १२ लाख ४२ हजार ७९७ घाटा व्यहोरेको […]
जनकपुर । अर्थमन्त्री प्रकाशशरण महतले देशको अर्थतन्त्रमा क्रमिक सुधार भइरहेको बताउनु भएको छ । शनिबार जनकपुरधाम उद्योग बाणिज्य संघको ५६औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले देशको आर्थिक अवस्था सुधारोन्मुख अवस्थामा रहेको बताउनुभयो । उहाँले आम्दानीभन्दा खर्च बढी रहेका कारण देशको आर्थिक अवस्था कमजोर हुन गएकाले अब सरकारले खर्चलाई व्यवस्थित गर्ने बताउनुभयो । अर्थमन्त्री महतले प्रमुख […]
सिमकोट – नेपाल र चीनको सीमाना हिल्सामा यारी नाका भन्सार कार्यालयलाई आम्दानीभन्दा बढी खर्च गरेर राजस्व असुली गर्नु परेको छ। हिल्सामा रहेको भन्सार कार्यालयमा कर्मचारी नभएर बन्द हुनु र सदरमुकाम सिमकोटबाट कर्मचारी जानुपरेपछि कार्यालयले आम्दानीभन्दा खर्च बढी व्यहोर्नुपरेको हो। यारी नाका भन्सार कार्यालयले पुस १३ गते चीनबाट आयात भएको व्यापारीको सामानको भन्सार उठाउन जाँदा आम्दानी […]
पछिल्लो १ वर्षमा अर्थतन्त्रमा देखिएको परिदृश्य नेपालका लागि नौलो होइन। अर्थ मन्त्रालयले नयाँ नेतृत्व पाउँदै गर्दा देखिएको यो बिसंगति हल गर्ने पहिलो चुनौती उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको काँधमा छ। झन्डै १९ महिनापछि फेरि अर्थतन्त्रको बागडोर पौडेलले सम्हाल्दै गर्दा आर्थिक सूचकांक निकै कमजोर छन्। सरकारी आम्दानी ह्वात्तै घटेको छ, राजस्व संकलन हुन नसक्दा आम्दानीभन्दा खर्च बढी भएर सरकारको विभिन्न कोषमा भएको रकम रित्तिने क्रममा छ।निवर्तमान अर्थमन्त्री जनार्दन शर्माको राजस्व दोब्बर बनाउने
काठमाडाैं । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको छ । असोज मसान्तसम्ममा सरकारको कुल आम्दानी दुई खर्ब ३२ अर्ब १२ करोड रुपैयाँबराबर रहेको छ । तर, खर्च भने प्राप्तिभन्दा ४६ अर्ब चार करोडले बढी अर्थात् दुई खर्ब ७८ अर्ब १६ करोड भएको छ । आयभन्दा व्यय धेरै भएपछि संघीय सरकारको खाता ऋणात्मक देखिएको […]
चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको छ । असोज मसान्तसम्ममा सरकारको कुल आम्दानी (प्राप्ति) दुई खर्ब ३२ अर्ब १२ करोड रुपैयाँबराबर देखिएको छ । तर, खर्च भने प्राप्तिभन्दा...
‘आम्दानीभन्दा खर्च बढी भए कुबेर पनि गरिब हुन्छ’ भन्ने चाणक्यको भनाइ कुनै व्यक्ति तथा परिवार विशेषलाई मात्र नभई हाम्रो जस्तो देशलाई पनि अत्यन्तै सान्दर्भिक देखिन्छ । यसै सन्दर्भमा विभिन्न सरकारी निकाय तथा नेपाल राष्ट्र बैंकलगायतका अर्थतन्त्रसँग जोडिएका संस्थाहरूबाट समय–समयमा प्रकाशित भएका आर्थिक तथा वित्तीय विवरणहरू वा लेखहरूलाई विश्लेषण गर्दा यी आर्थिक तथा वित्तीय सूचकहरूले केही […]
जेठ ३, काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सोल्टी होटल रू. १३ करोड ६६ लाख ३८ हजार खुद नोक्सानीमा रहेको छ ।
गतवर्ष यस अवधिसम्म रू. १४ करोड ५ लाख ४७ हजार खुद नाफा गरेको कम्पनीले यस वर्ष आम्दानीभन्दा खर्च बढी भएकाले नोक्सानी व्यहोर्नु परेको हो ।
गत वर्षको तेस्रो त्रैमासको शुरुवातदेखि नै कोभिड महामारीका कारण प्रभावित बनेको होटल व्यवसाय हालसम्म महामारी कायमै रहँदा प्रभावित बनेको हो ।
कम्पनीले सोमवार सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार यस वर्ष कुल आम्दानी रू. ३० करोड ८७ लाख ४७ हजार भएकोमा कुल खर्च रू. ४४ करोड ४९ लाख ७४ हजार भएको छ । तेस्रो त्रैमाससम्म कम्पनीको कुल सम्पत्ति रू. २ अर्ब १२ करोड ३० लाख ८९ हजार र कुल दायित्व रू. ६० करोड ९९ लाख ४२ हजार छ ।
हाल रू. ८४ करोड २५ लाख ७९ हजार चुक्तापूँजी रहेको कम्पनीको जगेडा कोषमा रू. ६७ करोड ५ लाख ६७ हजार छ । खुद नोक्सानीमा रहेको अवस्थामा कम्पनीको प्रतिशेयर आम्दानी पनि रू. १ दशमलव ६२ ऋणात्मक रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ भने रू. १७ दशमलव ९६ रहेको छ ।