लमजुङ । कृषि ज्ञान केन्द्र लमजुङ करीब डेढ महीनादेखि प्रमुखविहीन रहेको छ । प्रमुख रोहिणीराज घिमिरेको गत साउन १२ गतेदेखि अवकाशपछि कार्यालय प्रमुखविहीन हुँदै आएको हो ।
प्रमुखविहीन भएको यतिका समय हुँदासमेत सरकारले कार्यालय प्रमुख नपठाउँदा सेवाग्राहीदेखि कर्मचारी समेत मर्कामा पर्दै आएका छन् । प्रमुख पठाउन सम्बन्धित निकायलाई जानकारी गराउँदै आए पनि हालसम्म कहिले आउने अन्योल नै रहेको केन्द्रका कृषि प्रचार अधिकृत बुद्धिबहादुर बानियाँले बताए । यस कार्यालयमा रहेका सूचना अधिकारी तथा अर्थविज्ञ मदन रेग्मीसमेत तालिमका लागि भन्दै यही भदौ ८ गतेदेखि काठमाडौं गएका छन् ।
उनले आफू २ महीना लामो तालीममा सहभागी भएकाले कार्यालयमा उपस्थित हुन नसक्ने जानकारी उनले दिए । रासस