बैतडी : सुदूरपश्चिम प्रदेश सरकार मातहत स्थापना भएका बैतडीका कार्यालयहरुमा कर्मचारी अभाव भएको छ।
बैतडी र दार्चुला हेर्ने गरी स्थापना भएको कृषि ज्ञान केन्द्र बैतडीमा १६ जनाको दरबन्दी रहेकोमा छ जना मात्रै कर्मचारी रहेको कार्यालयका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए। यस्तै, पाटनमा स्थापना भएको भेटनरी अस्पताल तथा ...