काठमाण्डाै – सभामुख देवराज घिमिरेले सांसद टोपबहादुर रायमाझी पक्राउ परेकाे विषयकाे पत्र बढेर संसदलाई जानकारी गराउनुभएको छ । जिल्ला प्रहरी परिसर काठमाण्डौले आज साेमवार सभामुख देवराज घिमिरेलाई पत्र पठाएर नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको खुल्न आएकाले रायमाझीलाई हिजो आइतवार पक्राउ गरेर हिरासतमा राखिएको जानकारी गराएको थियो ।प्रहरीले पठाएको पत्र सभामुखले आजको प्रतिनिधि सभाको बैठकमा वाचन गरेर सुनाउनुभएको हो । तर सभामुखले पक्राउ परेको पत्र सुनाउँदैमा रायमाझीको पद निलम्बनमा पर्ने छैन । अदालतले पुर्पक्...