काठमाडौं ः नेपालमा ३ वर्षपछि बल्ल कोरोना महामारीको असर घटेको छ। यस वर्षको दशैँमा नेपालीमा खुशी छाएको छ। कोरोनाको त्रास हटेको छ तर डेंगु संक्रमणको जोखिम भने बढेको छ। सरकारले २०७७ सालको दशैँको वेला कोरोनाकै कारण उपत्यकालगायत सबै जिल्लाका शक्तिपीठलगायत सबै मन्दिर बन्द गरेको थियो।०७८ सालमा भने स्वास्थ्य सुरक्षालाई ध्यानमा राखिँदै खुला गरेको थियो। यस वर्ष भने उपत्यकाभित्रका सबै शक्तिपीठ खुल्ने छन्। उपत्यकाका दक्षिणकाली, भद्रकाली, मैतीदेवी, गुह्येश्वरी, नक्साल भगवती, बंगलामुखी मन्दिर, ब