नेकपा एमालेका प्रवक्ता एवं सहमति खोज्न गठित कार्यदलका सदस्य प्रदीप ज्ञवालीले कार्यदलले पार्टीको विवाद हल गरेको बताएका छन् । पार्टीको भविष्य के होला भन्ने एमाले कार्यकर्ता र शुभचिन्तकको चिन्ता भोलि दूर हुने बताए ।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शुक्रवार झण्डै ७ घण्टा बसेको बैठकले पार्टीको विवाद हल गरेको र भाषिक रुपमा मिलाउन बाँकी विषय भोलिसम्म टुंगाउने सहमति भएको ज्ञवालीले बताएका हुन् ।
‘अहिलेका जतिपनि प्रश्नहरु छन तीनलाई सहमतिको विन्दुमा ल्याइपुर्याएका छौं । नेकपा एमालेका नेता कार्यकर्ताहरु शुभचिन्तकले पार्टीको भविष्य ...