नेकपाका प्रभावशाली र जनतामाझ लोकप्रिय दुई नेता प्रदीप ज्ञवाली र गोकर्ण विष्टको गृह जिल्ला हो, गुल्मी । प्रतिनिधि सभा विघटनपछि विभाजन भएको नेकपामा अहिले यी दुई नेता दुईतिर लागेका छन् ।
ज्ञवाली नेकपा (ओली समूह) र विष्ट नेकपा (प्रचण्ड–नेपाल) समूहमा छन् । पूर्व एमाले पृष्ठभूमिका यी दुई नेता दुईतिर लाग्दा गुल्मीको राजनीति पेचिलो बनेको छ ।
ज्ञवाली क्षेत्र नम्बर १ र विष्ट क्षेत्र नम्बर २ बाट चुनाव लड्ने भएकाले यी दुईबीच सिधा चुनावी भिडन्त हुने देखिन्न, तर जिल्लाको राजनीतिमा यी दुईजना दुईतिर हुँदा ठूलै प्रभाव परेको अवस्थ...