काठमाण्डाै - आज विश्व बाघ दिवस । ‘स्वस्थ पारिस्थितिक प्रणालीका लागि बाघ संरक्षण’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसर पारेर आज नेपालमा बाघको सङ्ख्या र अवस्था सार्वजनिक गरिँदैछ ।
दिउँसो ३ बजे सङ्ख्या बाघको सङ्ख्या र अवस्थाबारेको प्रतिवेदन सार्वजनि गर्ने तयारी भएको वन तथा वातावरण मन्त्रालयका प्रवक्ता मेघनाथ काफ्लेले जानकारी दिनुभयो । नेपालले गएको मंसिरदेखि फागुनसम्म बाघ गणना गरेको थियो ।
नेपालले झन्डै एक दशकअघि रूसको सेन्ट पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनमा सन् २०२२ ...