बाघ बढेसँगै चुनौती पनि बढ्यो, ‘मानिसकै कमजोरी र लापर्बाही मुख्य कारण’

बर्दिया – आज विश्व बाघ दिवस । ‘बाघको अस्तित्व : मानवको दायित्व’ भन्ने सन्देशका साथ विभिन्न कार्यक्रम गरी दिवस मनाइएको छ । बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या बढेसँगै चुनौती पनि थपिएको छ । बर्दियामा बाघको सङ्ख्या बढेसँगै पछिल्लो दुई वर्षयता बाघ र मानवबीच द्वन्द्वको घटना बढ्न थालेपछि चुनौती थपिएको हो । बर्दियामा आर्थिक वर्ष २०७६/०७७ मा ६ जना, २०७७/०७८ मा १२ जना र यस आर्थिक वर्षको अहिलेसम्म एक जना गरी १९ जनाले बाघको आक्रमणबाट ज्यान गुमाएका बर्दिया निकुञ्जले जनाएको छ । यसैगरी नेपाल–भारत सीमा क्षेत्रम...