जनकपुरधाम : नेपाली काँग्रेस मधेश प्रदेशको संसदीय दलको नेतामा प्रदेश सभापति कृष्णप्रसाद यादव निर्वाचित भएका छन्।कृष्णले १८ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी रामसरोज यादवले ४ मत पाए। प्रदेशसभामा नेपाली कांग्रेसका २२ जना सांसद छन्।आज बिहीवार दिउँसो ३ बजेदेखि जनकपुरधामस्थित कांग्रेसको प्रदेश कार्यालयमा दलको नेता चयनका लागि मतदान भएको थियो।