१ नम्बर प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक २०७८ सर्वसम्मतिले बुधवार पारित गरिएको छ ।
प्रदेश सभाको आठौं तथा बजेट अधिवेशनको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङ (लिम्बू) ले सो विधेयक सदनमा पेश गरेका थिए ।
प्रस्तावका सन्दर्भमा मन्त्री आङ्बुहाङले प्रदेशको क्षेत्राधिकार पुनरावलोकन एवं समीक्षा गर्नु आवश्यक रहेको बताए । उनले प्रदेशको करको दायरा सीमित रहेको जनाउँदै करको दायरा बढाउन खोज एवं अनुसन्धान गर्न राजस्व अनुसन्धान समिति बनाउने जानकारी दिए ।
उनले केन्द्रको अनुदानमा मात्...