बागमती प्रदेशसभाः प्रदेश सरकारको आर्थिक विधेयक बहुमतले पारित

बागमती प्रदेशसभाको सोमबार बसेको बैठकले प्रदेश सरकारको आर्थिक विधेयक बहुमतले पारित गरेको छ ।प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले संसदमा प्रस्तुत गरेको सरकारको आर्थिक विधेयकमाथि संसद्मा छलफल गरी बहुमतले पारित गरेको हो ।प्रदेश सरकारको आर्थिक विधेयक माथि कुल १० जना सांसदहरुले भाग लिएका थिए । जसमध्ये सत्तापक्ष नेकपा एमालेका २ जना र प्रतिपक्षका ८ जना सांसद्हरुले उक्त विधेयक माथिको छलफलमा भाग लिएका थिए ।छलफलमा भाग लिएका सत्तापक्षका सांसद्हरुले आइतबारको प्रदेशसभाको बैठकमा विनिय