जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) ले सत्ता गठबन्धनमा भइरहेको सीट बाँडफाँडमा असन्तुष्टि जनाएको छ । आज बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले आसन्न संसदीय निर्वाचनका लागि सत्ता गठबन्धनमा भइरहेको सीट बाँडफाँड सन्तोषजनक नरहेको निष्कर्ष निकालेको हो । बैठकको निर्णय सार्वजनिक गर्दै जसपाका प्रवक्ता मनिष सुमनले गठबन्धनमा सीट बाँडफाँड पार्टीका लागि सन्तोषजनक नरहेको बताएका छन् […]