काठमाण्डाै - नेपाल आयल निगम नाफामा गएको छ । अघिल्लो महिना केही नाफामा गएको निगमले यो महिना १ अर्ब ६० करोड रुपैयाँ नाफा कमाउने निगमका एक अधिकारीले जानकारी दिएका छन्।कोरोना महामारी, रुस–युक्रेन युद्ध लगायतका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढ्दा नेपालमा पनि भाउ बढेको थियो ।भाउ बढे पनि कम मूल्यमा बेच्नुपरेको भन्दै निगमले निरन्तर घाटाको हिसाबकिताब देखाइरहेको थियो । तर अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारल ८७ अमेरिकी डलरमा झरेपछि निगमको मासिक नाफा १ अर्ब ६० करोड ...