युक्रेनको खेअर्सन सहरबाट सेना फिर्ता गर्ने निर्णयबाट रुस समस्यामा परेको अमेरिकाले टिप्पणी गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी सेना फिर्ता हुने निर्णयले उनीहरूको केही समस्यामा रहेको सङ्केत गरेको बताउनुभएको छ । उहाँले केही समयदेखि आफूले यस्तो कदमको अपेक्षा गरेको समेत बताउनुभएको बीबीसीले जनाएको छ ।
अमेरिकी राष्ट्रपति बाइडेनले मध्यावधि चुनावपछि ह्वाइट हाउसबाट आफ्नो प्रतिक्रिया जनाउनुभएको हो । युक्रेनले प्रतिरक्षा गरिरहेका बेला रुसले गरेको पछिल्लो निर्णयलाई ठूलो धक्काका रुपमा विश्लेषण गरिएको छ । साथै युक्रेनका राष्...