काठमाडौं : युक्रेनको खेरसोन कब्जा गरेको रुसले त्यसको ९ महिनापछि आफ्नो सेना फिर्ता बोलाएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सेना फिर्ताको आदेश दिएका हुन्। त्यहाँबाट निकालिएको सेनालाई खेरसोनकै निप्पेर नदीको पूर्वी तटीय क्षेत्रमा परिचालन गरिने रुसी सेनाका जनरल सर्गेई सुरोभिकिनले बताएका छन्। उनले खेरसोनमा अत्यावश्यक वस्तुको आपूर्ति असहज भएको भन्दै त्यहाँबाट सेना फिर्ता बोलाइएको बताएका हुन्। खेरसोन रुसले कब्जा गरेको एक मात्र युक्रेनी क्षेत्रीय राजधानी हो। अमेरिकी राष्ट