अरब क्षेत्रको एक तिहाइ अर्थात् १३ करोड जनसङ्ख्या गरिबीको रेखामुनि रहेको अध्ययनले देखाएको छ । संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक आयोग (ईएससीडब्लुए) ले शुक्रबार सार्वजनिक गरेको एक सर्वेक्षणले खाडी सहयोग परिषद् (जीसीसी) सदस्य राष्ट्र र लिबियाबाहेक अरब क्षेत्रको एक तिहाइ जनसङ्ख्या गरिबीबाट प्रभावित गरेको जनाएको छ ।“अरब क्षेत्रमा आर्थिक र सामाजिक विकासको सर्वेक्षण’ नाम दिइएको उक्त प्रतिवेदनमा भनिएको छ, “राष्ट्रिय गरिबीको रेखामा मापन गरिएको गरिबीले अरब मुलुकका १३ करोड मानि