लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलमाथिको अविश्वासको प्रस्ताव दर्ता भएलगत्तै सरकारमा सामेल भएर मन्त्री पदको शपथ लिएका चार सांसद निष्काशित भएपछि जसपाका वरिष्ठ नेता राजेन्द्र महतो आक्रोशित हुनुभएको छ । उहाँले नवनियुक्त मन्त्रीहरुलाई सांसद र पार्टी सदस्यबाट निष्काशन गर्ने निर्णय फर्जी भएको बताउनुभएको छ । यसअघि जसपा संसदीय दलको पत्र अनुसार सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन …