काठमाण्डाै – प्रधानमन्त्री कप टी–ट्वान्टी क्रिकेटमा पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ । त्रिवि मैदानमा आज भएको पहिलो सेमिफाइनलमा पुलिसले वागमती प्रदेशलाई ५० रनले हराउँदै फाइनलमा पुगेको हो ।
टस जितेर पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ५५ रन बनायो । पुलिसका पवन सरार्फले सर्वाधिक ५९ रनको अर्धशतकिय पारी खेले । बागमतीका रिजन ढकाल र नन्दन यादवले समान दुई तथा प्रतिश जिसीले एक विकेट लिए । १ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको बागमतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै...