एक वर्षमै दुई अर्बभन्दा बढी डलर गुमाउनु नेपालजस्तो देशका लागि कठिन: गभर्नर

काठमाडौं– नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले एक वर्षमै दुई अर्ब बढी डलर गुमाउनु नेपाल जस्तो देशका लागि कठिन हुने बताएका छन् । आज आइतवार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले बोल्दै अधिकारीले नेपालजस्तो देशका लागि यति ठूलो रकम क्षतिपूर्ति गर्न कठिन हुने बताए । ‘हामीले ९ महिनामा झण्डै दुई अर्ब ३८ करोड डलर बराबरहको सञ्चिति […]

सम्बन्धित सामग्री

‘राजनीतिक दम्भ देशका लागि राम्रो होइन’

यति बेला राष्ट्रिय राजनीति निराशावादी बाटोबाट अगाडि बढिरहेको छ। २०६२/६३ को त्यो दोस्रो जनआन्दोलनको पृष्ठभूमिमा उभिएर ६३ सालको मङ्सिर ५ गते बृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएको यतिका वर्षसम्म पनि शान्ति सम्झौतासँग जोडिएका अहम् जिम्मेवारीबाट प्रमुख राजनीतिक पार्टी विचलित भएका छन्। शान्ति सम्झौतासँग जोडिएका कुनै पनि काम पुरा हुन सकेका छैनन्। निर्वाचनको एक वर्षमै किन ठुला […]

गभर्नर अधिकारीले अमेरिकाबाटै गरे थप कडा नीतिको संकेत !

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको लागि थप कडा नीति ल्याउनु पर्ने तर्फ संकेत गरेका छन् । हाल अमेरिकामा रहेका गभर्नर अधिकारीले ट्वीट गर्दै केन्द्रीय बैंकले लिने नीतिहरुमा थप सावधानी अपनाउनु पर्ने बताएका हुन् ।उनले अन्तर्राष्ट्रिय मुद्रा कोषले जुलाई महिनाको लागि तयार पारेको 'विश्व अर्थतन्त्र परिदृश्य' को कभर पेज ट्वीटरमा शेयर गर्दै  केन्द्रीय बैंकले लिने नीतिहरुमा थप सावधानी अपनाउनु पर्ने बताएका हुन् । उक्त परिदृश्यमा सन् २०२२ अझै धुमिल र थप अनिश्चिततातर्फ धकेलिने उल्लेख छ । सोहि कभर फोटो शेयर गर्दै उनले सन् २०२३ पनि खासै उत्साहजनक नभएको उल्लेख गरेका छन् । उनले कमजोर आर्थिक वृद्धि देखिने, मुद्रास्फीतिको दबाब रहने, बाह्य क्षेत्र चुनौतीपूर्ण हुने , र समष्टि आर्थिक स्थिरतामा दबाब सिर्जना हुने भएकोले केन्द्रीय बैंकले लिने नीतिहरुमा थप सावधानी अपनाउनु पर्ने बताएका हुन् । हाल उनी संयुक्त राज्य अमेरिकाको वासिङ्टन डि.सी.मा आयोजना हुने विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा भाग लिन अमेरिकामा छन्। मुद्रा कोषको कार्यक्रम मै रहेको बेला मुद्रा कोषको रिपोर्ट शेयर गर्दै गभर्नरले गरेको ट्वीटले आगामी दिनमा केन्द्रीय बैंकले थप कडा नीति ल्याउने संकेत देखिएको कतिपयको बुझाई छ । विश्वमा आर्थिक मन्दी देखिन सक्ने पनि अर्थविद्हरुले बताईरहेका छन् । त्यस्तो भएमा विश्वभरका केन्द्रीय बैंकहरुले आफ्ना नीतिहरु पुनरावलोकन गर्न सक्ने बताईंन्छ । मुद्रा कोषले सार्वजनिक गरेको उक्त प्रतिवेदनमा सन् २०२३ मा विश्वको आर्थिक वृद्धि जम्मा २.७ प्रतिशतमा सिमित रहने अनुमान सार्वजनिक गरेको छ। २०२१ मा ६ प्रतिशत रहेको विश्वको आर्थिक वृद्धि २ वर्षमै आधा भन्दा बढीले घट्ने अवस्था आएको आइएमएफको प्रक्षेपण छ । यद्यपी, चालु वर्ष २०२२ मा भने विश्वको आर्थिक वृद्धि ३.२ प्रतिशत रहने अनुमान गरिएको छ ।आइएमएफले विश्वको आर्थिक वृद्धि घट्दै जानुमा विभिन्न कारण पनि दिएको छ । विश्वका सबैजसो मुलुकका केन्द्रीय बैंकहरुले कर्जा प्रवाहमा अंकुश लाग्ने गरी ब्याजदर बढ्ने नीति लिएको र यस्तो नीति लिनुमा सबै देशका केन्द्रीय बैंकहरुले रसिया–युक्रेन युद्धलाई देखाएको आइएमएफको भनाई छ ।सँगै, एक महिना अगाडी सेप्टेम्बर १५ (भदौ ३० गते) मा विश्व बैंकले त झन विश्व आर्थिक मन्दी (ग्लोबल रिसेसन) कै प्रक्षेपण गरेको छ । विश्व बैंकले सन् २०२३ मा विश्व अर्थतन्त्रको आर्थिक वृद्धिदर ०.५ प्रतिशत मात्रै हुने र यसको ठूलो असर अल्पविकसित देशले भोग्नुपर्ने बताएको छ ।

एकै वर्षमा २ अर्बभन्दा धेरै डलर गुमाउनु चिन्ताकाे विषय : गभर्नर

काठमाण्डाै – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक वर्षमै दुई अर्ब बढी डलर गुमाउनु नेपालजस्तो देशका लागि क्षतिपूर्ति गर्न कठिन हुने बताउनुभएको छ । आज आइतवार नेपाल उद्योग वाणिज्य महासङ्घले काठमाण्डाैमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । गर्भनर अधिकारीले भन्नुभयो, ‘हामीले नाै महिनामा झन्डै दुई अर्ब ३८ करोड डलर बराबरको सञ्चिति प्रयोग गरेका छौँ । एकै वर्षमा यति धेरै डलर प्रयाेग गर्नु हाम्रो जस्तो अर्थतन्त्रका लागि निकै संवेदनशील कुरा हो ।’ गभर्नर अधिकारीले विश्वभर उत्पा...

घरमै बसेर जग्गा खरिद बिक्री गर्न अभ्यास सुरु

भूमि व्यवस्थापन विभागले घरमै बसेर सेयर खरिद बिक्री गरे झैं जग्गा खरिद बिक्री तथा कारोबार गर्न सक्ने अभ्यास सुरु  गरेको छ।   आगामि वर्षदेखि देशको कुनै ठाउँबाट यो प्रणाली सुरु गरी एक दुई वर्षमै देशभर लागु गर्ने भूमि व्यवस्थापन विभागका महानिर्देशक शेषनारायण पौडेलले बताए। ‘आगामि आर्थिक वर्षभित्र देशको न कुनै ठाउँमा यो प्रणाली लागु गर्छौं,’ पौडेलले भने। उक्त प्रणालीलाई अघि बढाउन विभागले बुधबारदेखि देशका १ सय २६ वटै मालपोत कार्यालयमा अनलाइन प्रणाली प्रारम्भ गरेको छ।  यसअघि अनलाइन प्रणालीमा नज...

४० विद्यालयमा सूचना तथा प्रविधि मैत्री कक्षा निर्माण हुँदै

काठमाडौं, असार १४। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशका ४० सामुदायिक विद्यालयका कक्षा कोठालाई सूचना तथा सञ्चार प्रविधि मैत्री बनाउन सञ्चालन गरेको परियोजनासँग सम्बद्ध सरकारी अधिकारीले ती विद्यालयबाट निश्चित रकम फिर्ता लिन खोजेको पाइएकोछ। उक्त परियोजना अन्तर्गत चालु आर्थिक वर्षमै देशका विभिन्न जिल्लाका ४० विद्यालयलाई ३२ लाख रूपैयाँका दरले अनुदान उपलब्ध गराएको थियो। विश्व बैंकको […]

डढेलो न्यूनीकरण

नेपालको आकाश विगत दुई हप्तायता निकै विषाक्त छ । यसको मूल कारण हो– धूँवा र धूलो । अझ संसारमै सर्वाधिक प्रदूषित सहरको सूचीमा अङ्कित भयो काठमाडौँ । यस्तै स्थिति छ अहिले मोफसलमा समेत । नेपालको कुल भू–भागमध्ये वनले करिब ४५ प्रतिशत भू–भाग ओगटेको छ । यी वनक्षेत्र प्रायः मानव बस्तीसँग जोडिएका छन् । देशका ६० जिल्लामा डढेलो लागिरहेको छ । तीमध्ये चितवनका ४८ र नवलपुरका ११ स्थानमा यस्तो डढेलो लागिरहेको छ । वनमा लागेको डढेलोका कारण नै वन विषाक्तमात्र भइरहको छैन, वन्य प्राणीसँगै मानवीय क्षतिसमेत भइरहेको छ । गत वर्षमात्र नेपालमा लागेको डढेलोका कारण ४९ जनाले ज्यान गुमाउनुपरेको थियो । यस वर्षमै पनि ८६ जनाको ज्यान गइसकेको देखिन्छ । त्यसो त वैशाखदेखि यता मात्रै पनि ३१३ वटा डढेलो लागेका र त्यसमा परी ३५५ जना घाइते बनेको खबर छ । यसमा झन्डै एक अर्ब ७० लाखबराबरको आर्थिक क्षति भएको तथ्याङ्क छ ।

ओलीविरुद्ध संयुक्त आन्दोलन नउठ्नुको नालीबेली

काठमाडौँ । राजनीतिक तरलताका बीच यतिबेला मुलुक आन्दोलनमय बनेको छ । देशका प्रमुख सहरहरूमा प्रत्येक दिनजसो कुनै न कुनै राजनीतिक दल वा समूहद्वारा आन्दोलन भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ५ वर्षका लागि अनुमोदित जनमत ५ पुसमा तीन वर्षमै विसर्जन गरिदिएपछि कोरोना महामारी र हिउँदो चिसोलाई चुनौती दिँदै राजनीतिक माहोल गर्...

भेरी बबई डाइभर्सनमा लक्ष्यभन्दा ५ गुणा बढी काम

६ चैत, काठमाडौं । देशका अधिकांश निर्माणाधीन आयोजनाको प्रगति सन्तोषजनक छैन । अहिले पनि विकास बजेटको ठूलो हिस्सा खर्च हुन सकेको छैन । तर, भेरी बबई डाइभर्सन आयोजना भने अपवाद बनेको छ । आयोजनाले एक वर्षमै बजेट भाषणमा तोकिएको लक्ष्यभन्दा ५ गुणा बढी रकम खर्च गर्दैछ । सरकारले चालु आर्थिक वर्ष २०७४/७५ …

किशोरीलाई शिक्षा - Naya Patrika

नेपालमा अहिले पनि १७ प्रतिशत किशोरी १७ वर्षमै गर्भवती हुने गरेको तथ्यांकले हाम्रो देशका महिलाको भविष्यको अँध्यारो पाटो देखाउँछ । मात्रात्मक रूपमा केही अन्तर भए पनि देशका सबैजसो भागमा किशोरी...पूरा पढ्नुहोस् »