विश्व सहर दिवस मनाइँदै

काठमाडौँ – ‘सुन्दर र सुखी जीवनको आधारः जलवायु उत्थानशीलताका लागि सहरको अनुकूलन’ भन्ने नारासहित विश्व सहर दिवस मनाइने भएको छ। शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सहरी विकास तथा भवन निर्माण विभागले यस वर्ष नेपालमा ‘सुन्दर र सुखी जीवनको आधारः जलवायु उत्थानशीलताका लागि सहरको अनुकूलन’ भन्ने नारासहित विश्व सहर दिवस मनाइने जानकारी दिइएको हो। पत्रकार सम्मेलनमा […]

सम्बन्धित सामग्री

विश्व जनसंख्या दिवसको नारा सम्भावनाको ढोका खुलाउने !

काठमाडौं । आज जुलाई ११ अर्थात् विश्व जनसंख्या दिवस । नेपालसहित विश्वभर यो दिवस धुमधामसँग मनाइएको छ । सन् १९९० देखि हरेक वर्ष मनाइँदै आएको यो दिवसमा यस वर्षको नारा भने ‘लैंगिक समानतालाई बनाऔं अपरिहार्य रिवाज, सम्भावनाका ढोका खोल्न सुनौं महिलाका आवाज’ तय गरिएको छ ।  सन् १९८९ मा संयुक्त राष्ट्रसंघले जुलाई ११ लाई विश्व जनसंख्या दिवस मनाउने निर्णय गरेपछि अर्काे वर्षदेखि विश्वभर यो दिवस मनाउन लागिएको हो । बढ्दो जनसंख्याका कारण पर्यावरणमा पर्ने असर, विकास लगायतका क्षेत्रमा पर्ने असरका बारेमा जनचेतना जनाउन यो दिवस मनाउने गरिन्छ ।  पछिल्लो जनगणना अनुसार १० वर्षमा नेपालको जनसंख्या २६ लाख ७० हजार बढिसकेको छ । नेपालको जनगणना २०६८ अनुसार देशको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ रहेकोमा १० वर्षमा त्यो संख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले पनि २०७८ सालको जनसंख्याबारे विवरण विद्युतीय डिस्प्लेमा राखेको छ । २०७८ सालको जनसंख्या १९६८ सालको भन्दा २ करोड ३५ लाखभन्दा बढी हो । १९६८ साल अर्थात् पछिल्लो जनगणनाको ११० वर्षअघिको जनगणना अनुसार नेपालको जनसंख्या ५६ लाख ३९ हजार थियो ।  बढ्दो जनसंख्याका कारण सहरीकरण पनि बढेको छ । कुनै बेला जंगल रहेको काठमाडौं उपत्यका अहिले कंक्रिटको सहर बनेको छ । बढ्दो जनसंख्यासँगै सेवा सुविधाका कारण पहाडबाट तराईमा बसाइ सर्ने क्रम पनि तीव्र बढेको छ ।

आज विश्व सहर दिवस मनाइँदै

समृद्धि र सुखी जीवनको आधार : हाम्रा समुदाय र सहर’ भन्ने नाराका साथ आज नेपालमा पनि विश्व सहर दिवस २०२० मनाइँदै छ

सिमसार संरक्षणमा चासो

बोलीचालीको भाषामा कहिल्यै पानी नसुक्ने र कहिल्यै जमिन देखिने क्षेत्रलाई सिमसार भनिन्छ । विश्वभर सिमसारका ४१ प्रकार छन् । तीमध्ये नेपालमा खेत, पोखरी, जलासय, ताल, नदी र धाप मात्र पाइन्छ । सन् १९७१ मा फेबु्रअरी २ तारिखका दिन इरानको वाणिज्य सहर रामसारमा विश्व सिमसार सम्मेलन सम्पन्न भएको थियो । सोही मितिलाई आधार बनाई विश्वव्यापी रूपमा सिमसारसम्बन्धी जनचेतना अभिवृद्धि गर्न प्रत्येक वर्ष फेब्रुअरी २ तारिखमा विश्व सिमसार दिवस मनाइँदै आ