विश्व जनसंख्या दिवसको नारा सम्भावनाको ढोका खुलाउने !

काठमाडौं । आज जुलाई ११ अर्थात् विश्व जनसंख्या दिवस । नेपालसहित विश्वभर यो दिवस धुमधामसँग मनाइएको छ । सन् १९९० देखि हरेक वर्ष मनाइँदै आएको यो दिवसमा यस वर्षको नारा भने ‘लैंगिक समानतालाई बनाऔं अपरिहार्य रिवाज, सम्भावनाका ढोका खोल्न सुनौं महिलाका आवाज’ तय गरिएको छ ।  सन् १९८९ मा संयुक्त राष्ट्रसंघले जुलाई ११ लाई विश्व जनसंख्या दिवस मनाउने निर्णय गरेपछि अर्काे वर्षदेखि विश्वभर यो दिवस मनाउन लागिएको हो । बढ्दो जनसंख्याका कारण पर्यावरणमा पर्ने असर, विकास लगायतका क्षेत्रमा पर्ने असरका बारेमा जनचेतना जनाउन यो दिवस मनाउने गरिन्छ ।  पछिल्लो जनगणना अनुसार १० वर्षमा नेपालको जनसंख्या २६ लाख ७० हजार बढिसकेको छ । नेपालको जनगणना २०६८ अनुसार देशको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ रहेकोमा १० वर्षमा त्यो संख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले पनि २०७८ सालको जनसंख्याबारे विवरण विद्युतीय डिस्प्लेमा राखेको छ । २०७८ सालको जनसंख्या १९६८ सालको भन्दा २ करोड ३५ लाखभन्दा बढी हो । १९६८ साल अर्थात् पछिल्लो जनगणनाको ११० वर्षअघिको जनगणना अनुसार नेपालको जनसंख्या ५६ लाख ३९ हजार थियो ।  बढ्दो जनसंख्याका कारण सहरीकरण पनि बढेको छ । कुनै बेला जंगल रहेको काठमाडौं उपत्यका अहिले कंक्रिटको सहर बनेको छ । बढ्दो जनसंख्यासँगै सेवा सुविधाका कारण पहाडबाट तराईमा बसाइ सर्ने क्रम पनि तीव्र बढेको छ ।  

सम्बन्धित सामग्री

सन्दर्भ : विश्व जनसंख्या दिवस २०८०- विश्वमा जनसंख्या बढ्दा काभ्रेमा घट्दै !

काभ्रे । विश्व जनसंख्या दिवस २०८० को अवसरमा देशव्यापी रूपमा जनसंख्या किन घट्यो र कहाँ गए भन्ने विषयमा नै नेपालले चर्चा ग¥यो । यसरी नै काभ्रेले पनि २०६८ मा देखिएको जनगणनाको तथ्यांकअनुसार २०७८ मा शहरको दाँजोमा गाउँमा जनसंख्या घट्यो यसलाई जनस्वास्थ्यका हिसाबले चुनौती थपियो भन्दै चिन्ता व्यक्त गरियो । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले धुलिखेल अस्पतालमा […]

आठ अर्बको विश्व

विश्व जनसंख्या एक अर्ब बढ्न ११ वर्ष व्यतीत भएको छ। २०औँ शताव्दीमा जनसंख्या जुन गतिमा अगाडि बढिरहेको थियो, त्यसमा केही कमी आएको छ।...

भारत विश्वकै सबैभन्दा बढि जनसंख्या भएको देश

विश्व जनसंख्या दिवसको उपलक्ष्यमा संयुक्त राष्ट्रसंघले एक वक्तव्य प्रकाशित गरी यही वर्षको मध्यसम्म विश्वको जनसंख्या ८ अर्ब पुग्ने र भारत जनसंख्याको आधारमा एक नम्बरमा पुग्ने जनाएको छ ।

आज विश्व जनसंख्या दिवस मनाइँदै

काठमाडौं । आज (सोमबार) विश्व जनसङ्ख्या दिवस नेपालमा पनि मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घको आह्वान अनुसार प्रत्येक वर्ष जुलाई ११ मा विश्व जनसङ्ख्या दिवस मनाउने गरिएको हाे । सन् १९८९ देखि प्रत्येक वर्षको जुलाई ११ तारिखमा विश्वभरिका जनसङ्ख्याका मुद्दालाई सम्बोधन गर्ने उद्देश्यले यो दिवस मनाउने गरिएको छ । यसपालिको नारा ८ अर्ब मानवको विश्वः सबैका […]

विश्व जनसंख्या दिवस : कति छ विश्वमा जनसंख्या ?

२७ असार, काठमाडौं ।  आज अर्थात सोमबार विश्व जनसंख्या दिवस । हरेक वर्ष जुलाई ११ तारिखका दिन यो दिवस मनाइन्छ । सन् १९८९ मा संयुक्त राष्ट्रसंघले जुलाई ११ लाई विश्व जनसंख्या दिवस मनाउने निर्णय गरे अनुसार सन् १९९० देखि यो दिवस मनाउन लागिएको हो । किन चाहियो दिवस ? सन् १९८७ को जुलाई ११ का […]

आज विश्व जनसंख्या दिवस

काठमाडौं : आज विश्व जनसंख्या दिवस, नेपालमा पनि मनाइँदैछ। जनसंख्यासँग सम्बन्धी समस्याबारे जानकारी तथा जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम गरि हरेक वर्ष जुलाई ११ मा यो दिवस मनाइन्छ। यस वर्षको विश्व जनसंख्या दिवसको नारा ‘आठ अर्ब जनसंख्या सबैको छनोट र अधिकारको सुनिश्चिततासहित उज्ज्वल भविष्यका लागि अवसरको प्राप्ति’ रहेको छ। संयुक्त राष्ट्रसंघीय विकास कोषको गभर्निङ काउन्सिलद्वारा सन् १९८९ देखि ११ जुलाई लाई जनसंख्या दिवसको रूपमा मनाउन थालिएको हो। विश्वको जनसंख्या करिब ८ अर्ब पु

ओमिक्रोन भेरियन्टबाट दुई महिनाभित्र युरोपको आधा जनसंख्या संक्रमित हुने अनुमान

२७ पुस, काठमाडौं । विश्व स्वास्थ्य संगठनले आगामी दुई महिनाभित्र कोभिड-१९ को नयाँ भेरियन्टबाट युरोपको आधाभन्दा बढी जनसंख्या संक्रमित हुने अनुमान गरेको छ । मंगलबार युरोपका लागि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का क्षेत्रीय निर्देशक हान्स क्लुगेले ६ देखि ८ हप्ताको अवधिमा युरोपको आधाभन्दा बढी जनसंख्या ओमिक्रोन भेरियन्टबाट संक्रमित हुन सक्ने बताएका हुन् । ‘इन्स्टिच्युट फर […]

जनसंख्या घटाइरहने एकोहोरो नीति र असर

यसै साता हामीले विश्व जनसंख्या दिवस मनाएका छौँ। विश्वमा सबैभन्दा बढी जनसंख्या चीनमा छ भने भारत, अमेरिका, इण्डोनेशिया र पाकिस्तान क्रमश: धेरै जनसंख्या भएका देश हुन्‌।एउटा गजबको तथ्य के भने - सबैभन्दा धेरै जनसंख्या भएको चीनभन्दा नेपालमा जनघनत्व बढी छ।नेपालको जनसंख्या बढी छ वा घटी त? दुबै कुरा सत्य छन्। राम्रोसँग अर्थ-प्राविधिक विकास गर्नसके जनसंख्या कम छ, विकास गर्न सकिएन भने यो धेरै छ। किनकी सत्य अनुभवजन्य विषय हो, अनुमानजन्य होइन। 'समृद्ध नेपाल-सुखी नेपाली' बनाउन

आज विश्व जनसंख्या दिवस

काठमाडौं : आज विश्व जनसंख्या दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्ष जुन ११ तारिखमा यो दिवस मनाउने गरिन्छ। सन् १९८९ बाट हरेक वर्ष विश्वभरिका जनसंख्याका विभिन्न मुद्दाहरूलाई उठान गर्दै विश्व जनसंख्या दिवस मनाइँदै आएको छ। सन् १९८७ को जुन ११ तारिखका दिन विश्वको जनसंख्या करिब ५ अर्ब पुगेको अवसरमा भएको पपुलेशन समिटले यो दिवस मनाउने घोषणा गरेको थियो। ‘मानव सशक्तीकरण र समृद्ध राष्ट्रका लागि परिवार नियोजन’ भन्ने यस वर्षको नारा रहेको छ। विश्वभर यो दिवस मनाउँ