चितवन – अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा सुधार हुँदै गएकाले उद्योग–व्यवसायमा लागेकाहरुले नकारात्मक सोचबाट मुक्त भएर अघि बढ्नुपर्ने बताएका छन्। चितवन उद्योग वाणिज्य सङ्घको ५७औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै अर्थमन्त्रीले देशको अर्थतन्त्रमा क्रमशः सुधार हुँदै गएकाले उद्योगी–व्यवसायीले नकारात्मक सोचबाट मुक्त भई व्यवसाय गर्नुपर्नेमा जोड दिए। अर्थतन्त्रमा सुधार देखिन थालेपछि विदेशी लगानीकर्ता आउन थालेका […]
पाटन : अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रका सूचकहरुमा सुधार हुँदै गएको जानकारी गराएका छन्।नेपाल ट्रेड युनियन कांग्रेसद्वारा आज ललितपुरमा आयोजित ओैद्योगिक नीति तथा श्रम सम्बन्ध विषयक कार्यक्रममा उनले पर्यटकहरुको वृद्धि हुँदै गएको, बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर घट्दै गएको, रेमिट्यान्स बढ्दै गएको जानकारी गराउँदै अहिले अर्थतन्त्रका सबै सूचकहरुमा सुधार हुँदै गएको बताएका हुन्।“अहिले अर्थतन्त्रका सूचकहरुमा सुधार हुँदै गएको छ, पर्यटकको वृद्धि हुँदै गएको छ, ब्याजदर घट्दै छ, रेमिट्यान्
काठमाडौं, जेठ २५ । हवाई सेवामा भएको सुधार र विस्तारका कारण यात्रुको सङ्ख्या बर्सेनि बढ्दै गएको पाइएको छ । हवाई सुरक्षामा समेत निकै सुधार हुँदै गई विश्वसनीय बन्दै गएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपालको हवाई सुरक्षा मापदण्ड कार्यान्वयनबारे अन्तर्राष्ट्रिय प्रतिवेदनमा विश्वको औसतभन्दा राम्रो अवस्थामा पुगे पनि नीतिगत सुधारको अभावले नेपाली विमानको युरोप […]
काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य सुधार हुँदै गएको छ । ओलीको अवस्था सुधारोन्मुख रहेको उहाँका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिनुभयो ।
घरमै आराम गरिरहनुभएका अध्यक्ष ओलीको उपचार निजी चिकित्सक डा. दिव्यासिंह शाहले गरिरहनुभएको छ । भाइरल ज्वराे भएका कारण ओलीले सिटमाेल खाइरहनुभएकाे प्रेस संयाेजक बजगाईंले बताउनुभयाे ।
हिजो आइतवार अध्यक्ष ओलीलाई भाइरल ज्वरोका कारणले स्वास्थ्यमा समस्या आएको थियो । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहा...
काठमाण्डाै – पूर्वबाट मौसम क्रमशः सुधार हुँदै गएको छ । प्रदेश १, मधेस प्रदेश र बाग्मतीमा मौसम केही सुधार भएको छ । अहिले काठमाण्डौ उपत्यकामा घाम लागेको छ । तर मौसम सुधार हुँदै गए पनि केही ठाउँमा भने हल्का पानी परिरहेको छ ।
काठमाण्डौ उपत्यकामा मौसम बदलीकै अवस्था छ । काठमाण्डौमा आज शनिवार पनि दिउँसोपख पानी पर्ने सम्भावना छ । काठमाण्डौ उपत्यकामा हिजो शुक्रवार बिहान केही बेर घाम लागे पनि दिउँसोपछि फेरि पानी परेको थियो । यो क्रम गए रातिदेखि रोकिएको छ । पानी पार्ने प्रणाली पश्चिमतर्फ सरेको छ ।
त्यस्त...
काठमाण्डाै – संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सुधार हुँदै गएकाे किस्ट अस्पताल ललितपुरले जनाएको छ ।
मूत्र प्रणालीमा सङ्क्रमण र मुटुको चालमा गडबडी देखिएपछि जोशी गएकाे ६ दिनदेखि किस्ट अस्पतालमा उपचाररत हुनुहुन्छ । जोशीको एन्टिबायोटिक्स पूरा भएपछि विशेषज्ञहरूको सुझावअनुसार डिस्चार्ज गर्ने अस्पतालले सूचनामार्फत जानकारी गराएको छ ।
काठमाण्डाै – कोरोना भाइरसकाे सङ्क्रमण भएर अस्पताल भर्ना हुनुभएका कलाकार मदनकृष्ण श्रेष्ठको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ । साेमवार (भोलि) सम्म श्रेष्ठ डिस्चार्ज हुने सम्भावना रहेको कलाकार हरिवंश आचार्यले उज्यालोलाई जानकारी दिनुभयो ।
केही दिनअघि कोरोना सङ्क्रमित हुनुभएका श्रेष्ठलाई निकै कमजोर महशुस भएपछि दुई दिनअघि ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । उहाँका परिवारका अरू सदस्यलाई पनि कोरोना सङ्क्रमण भएको छ ।
कलाकार आचार्यका अनुसार श्रेष्ठको परिवारका अरूलाई भने अस्पताल भर्ना गर्नु पर...
काठमाडौं । कोरोना संक्रमण भएर पोखराको मेडिप्लस अस्पतालमा उपचाररत राष्ट्रिय जनमोर्चा बागलुङका नेता एवम् बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको छ ।
फोक्सोको कडा निमोनिया, अक्सिजनको कमी, खानाको स्वाद थाहा नपाउने जस्ता लक्षण देखिएका शर्मालाई अस्पतालको सघन उपचार कक्ष आईसीयूमा राखेर उपचार गरिएको थियो ।
निमोनिया तथा फोक्सोको समस्यामा सुधारसँगै समग्र स्वास्थ्य अवस्था राम्रो हुँदै गएको उपचारमा संलग्न चिकित्सकहरुलाई उदृत गर्दै राष्ट्रिय जनमोर्चा कास्कीका सचिव आकाश गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले शर्माको रगतको अक्सीजनको मात्रामा सुधार भएको छ भने खानामा रुची जागेको छ ।
अस्वस्थ भएर पोखराको फेवासिटीमा उपचारका लागि भर्ना भएका शर्माको माघ २० गते कोरोना संक्रमण पुष्टि भएपछि मेडिप्लस अस्पतालमा सारिएको थियो ।
यो पनि : बरेङ गाउँपालिकाका अध्यक्ष शर्मा अस्वस्थ