सत्यमाेहन जाेशीकाे स्वास्थ्य सुधार हुँदै

काठमाण्डाै – संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सुधार हुँदै गएकाे किस्ट अस्पताल ललितपुरले जनाएको छ । मूत्र प्रणालीमा सङ्क्रमण र मुटुको चालमा गडबडी देखिएपछि जोशी गएकाे ६ दिनदेखि किस्ट अस्पतालमा उपचाररत हुनुहुन्छ । जोशीको एन्टिबायोटिक्स पूरा भएपछि विशेषज्ञहरूको सुझावअनुसार डिस्चार्ज गर्ने अस्पतालले सूचनामार्फत जानकारी गराएको छ ।