काठमाडौं । कोरोना संक्रमण भएर पोखराको मेडिप्लस अस्पतालमा उपचाररत राष्ट्रिय जनमोर्चा बागलुङका नेता एवम् बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको छ ।
फोक्सोको कडा निमोनिया, अक्सिजनको कमी, खानाको स्वाद थाहा नपाउने जस्ता लक्षण देखिएका शर्मालाई अस्पतालको सघन उपचार कक्ष आईसीयूमा राखेर उपचार गरिएको थियो ।
निमोनिया तथा फोक्सोको समस्यामा सुधारसँगै समग्र स्वास्थ्य अवस्था राम्रो हुँदै गएको उपचारमा संलग्न चिकित्सकहरुलाई उदृत गर्दै राष्ट्रिय जनमोर्चा कास्कीका सचिव आकाश गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले शर्माको रगतको अक्सीजनको मात्रामा सुधार भएको छ भने खानामा रुची जागेको छ ।
अस्वस्थ भएर पोखराको फेवासिटीमा उपचारका लागि भर्ना भएका शर्माको माघ २० गते कोरोना संक्रमण पुष्टि भएपछि मेडिप्लस अस्पतालमा सारिएको थियो ।
यो पनि : बरेङ गाउँपालिकाका अध्यक्ष शर्मा अस्वस्थ