सुर्खेत : सुर्खेत कारागारका रहेका कैदीबन्दीहरू मध्य ११ जनालाई सजाय माफी दिइएको छ। संविधान दिवसको अवसरमा विभिन्न अपराधमा कैद भुक्तान गरिरहेका ११ जना कैदी बन्दीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट कैद मिनाहाा भएको छ।५० प्रतिशत कैद सजाय भुक्तान गरिसकेका कैदीको बाँकी कैद सजाय मिनाहाा गरी आइतबार संविधान दिवसको अवसरमा कारागारमा रहेका ११ जनालाई कैद मिनाहाा गरिएको जेलर लक्ष्मी खरेलले जानकारी दिइन्।सुर्खेत कारागारमा अहिले २ जना आश्रित बालबालिकासहित ३८ जना महिला र तीनसय २ जना पुरुषसहित कुल तीनसय ४० जना