काठमाडौं । सरकारले ५ सय १ जना कैदीबन्दीको सजाय मिनाहा गरेको छ । आजको मन्त्रिपरिषद् बैठकले गृहमन्त्रालयको प्रस्तावमा उक्त निर्णय गरेको हो । प्रजातन्त्र दिवस (फागुन ७) को दिन उनीहरू छुट्नेछन् । त्यस्तै राष्ट्रपति कार्यालयको सिफारिसमा १४ जनालाई आममाफी दिइएको छ । राजनीतिक प्रकृतिका मुद्दामा कैद सजाय भुक्तान गरिरहेकालाई आममाफी दिइने गरिएको छ । विभिन्न […]
गृह मन्त्रालयले आगामी फागुन ७ गते ‘७१ औं राष्ट्रिय प्रजातन्त्र दिवस’ को अवसर पारेर विभिन्न कारागारमा रहेका करिब ६ सय कैदीको बाँकी सजाय मिनाहा गर्न प्रस्ताव अघि बढाएको छ ।
कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेलका अनुसार मुलुकी अपराध संहिता २०७४ बमोजिम अपराधको नकारात्मक सूचीमा नपरेका, ५० प्रतिशत सजाय भुक्तान गरेका, असल चालचलन भएका र जेलर हुँदै प्रमुख जिल्ला अधिकारीबाट सिफारिस भई आएका करिब ४ सय कैदीको बाँकी सजाय मिनाहाको सूची तयार पारिएको छ । यस्तै २०७४ अघिको कानुनअनुसार करिब २ सयको कैद म...