काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को ऊर्जामन्त्रीस्तरीय तेस्रो बैठकमा ऊर्जा व्यापार, ग्रिड कनेक्सनसम्बन्धी गुरुयोजना र व्यापार केन्द्र स्थापना गर्ने सहमति भएको छ । भर्चुअल माध्यमबाट सम्पन्न बैठकले ऊर्जा व्यापार सहजीकरण गर्ने, ‘ग्रिड कनेक्सन’ सम्बन्धी गुरु योजना तयार पार्ने र ऊर्जा व्यापार केन्द्र स्थापना गर्नेलगायतका...