यतिखेर नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बसिरहेको छ । बैठकले के कस्ता निर्णय गर्छ भनेर आम जनताले हेरिरहेका छन् । पार्टीहरूको छवि र साख नै उसले गर्ने निर्णयमा आधारित हुन्छ । महामन्त्री गगन थापाले महासमितिमा गरेको ‘चुनावमा कसैसँग गठबन्धन नगर्ने’ प्रस्ताव, अर्का महामन्त्री विश्वप्रकाश शर्माको प्रधानमन्त्री दुई पटकभन्दा बढी हुन नपाइने र शेखर कोइरालाको समयमै महाधिवेशन गर्नुपर्ने प्रस्तावलाई अहिलेको बैठकले कुन रूपमा सम्बोधन गर्छ ?