गृहमन्त्रीमाथि संसदीय छानबिनको माग गर्दै कांग्रेसले काठमाडौंमा प्रदर्शन गर्ने
९ जेठ, काठमाडौं । सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै नेपाली कांग्रेसले प्रदर्शन गर्ने भएको छ ।
बधुबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले काठमाडौंमा ११ जेठमा प्रदर्शन …
कांग्रेसको विद्यार्थी संगठन नेविसंघले सहकारीको ठगीको छानबिन माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ । माइतीघरमा भेलाभएर नेविसंघका समर्थकहरूले नयाँबानेश्वरसम्म प्रदर्शन गरेका छन् । उनीहरुले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा र उनीमाथि छानबिनको माग गर्दै नाराबाजी पनि गरेका छन् । कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरिरहेको बेला उसको भातृ संगठन पनि सडकमा उत्रिएको हो ।
काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा बसाइसराइको नक्कली कागजातका आधारमा मतदाता नामावलीमा नाम समावेश गरेको भन्दै निष्पक्ष छानबिनका लागि कांग्रेसले जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा प्रदर्शन गरेको छ ।
वि.सं. २०७४ देखि ०७९ सालसम्मको निर्वाचनमा बूढानीलकण्ठ नगरपालिकामा तीन हजारभन्दा बढी फर्जि मतदाताले मतदान गरेको पुष्टि भएको प्रमाणसहित निर्वाचन आयोगमा बुझाएको र छानविनलाई प्रभावकारी...