आठ स्थानीय तह रहेको लमजुङमा निजी आवास पुनःनिर्माणको काम करिब ७१ प्रतिशत सम्पन्न भएको छ ।
नेपालमा भूकम्प गएको छ वर्षपछि दश हजार ३९४ निजी आवास पुनःनिर्माण सम्पन्न भएको हो । यो कूल लाभग्राहीमध्ये ७० दशमलव ९३ प्रतिशत रहेको छ । जिल्लामा १४ हजार ६५२ निजी आवास पुनःनिर्माण गर्ने लाभग्राही रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार¬) लमजुङले जनाएको छ ।
विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षतिग्रस्त १४ हजार ६५२ मध्ये १० हजार ३९४ घर लाभग्राहीले पुनःनिर्म...