काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फोकस्ड इक्विटी फण्ड,सनराइज फर्स्ट म्युचुअल फण्ड र सनराइन ब्लूचिप फण्डले चैत मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार सनराइज ब्लुचिप फण्ड र सनराइज फर्स्ट म्युचुअल फण्ड नाफामा छन् भने सनराइज फोकस्ड इक्वीटी फण्ड रू. २५ लाख ५६ हजार नोक्सानीमा रहेको छ ।
यो फण्ड फागुन मसान्तसम्ममा पनि रू. ८१ लाख ६८ हजार नोक्सानीमा थियो । यस आधारमा फण्डको नोक्सानी फागुन महीनाको तुलनामा चैत महीनामा घटेको देखिन्छ । न्याभ भने फागुनको तुलनामा चैत महीनामा बढेको छ ।
फागुन मसान्तमा फण्डको न्याभ ९ रुपैया ९२ पैसा रहेकोमा चैत मसान्तमा ९ रुपैया ९७ पैसा कायम भएको छ । यस फण्डले चैत मसान्तसम्ममा सूचीकृत शेयरमा रू. १६ करोड ७६ लाख लगानी गरेको छ । यो लगानी फागुन मसान्तमा रू. १२ करोड थियो । यस आधारमा यस फण्डले चैत महीनामा सूचीकृत शेयरमा लगानी बढाएको छ ।
सनराइज फर्स्ट म्युचुअल फण्डको नाफा फागुन महीनाको तुलनामा चैत महीनामा केही घटेको छ । फण्डले फागुन मसान्तसम्ममा रू. ४ करोड ८ लाख नाफा कमाएकोमा चैत मसान्तसम्ममा रू. ३ करोड ९७ लाख मा सिमित भएको हो । त्यस्तै फण्डको न्याभ पनि फागुनको तुलनामा चैतमा घटेको छ । फागुन मसान्तसम्ममा फण्डको न्याभ १२ रुपैया ७ पैसा रहेकोमा चैत मसान्तमा १२ रुपैया ४ पैसा कायम भएको छ । यस फण्डले चैत मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ५८ करोड ३१ लाख लगानी गरेको छ ।
सनराइज ब्लूचिप फण्डले चैत मसान्तसम्ममा रू. ४ करोड २८ लाख नाफा कमाएको छ । फण्डले फागुन मसान्तसम्ममा पनि रू. ४ करोड ४२ लाख नाफा कमाएको थियो । यस आधारमा फण्डको नाफा केही घटेको छ । नाफासँगै फण्डको न्याभ पनि घटेको छ । फागुन मसान्तसम्ममा फण्डको न्याभ ९ रुपैया १९ पैसा रहेकोमा चैत मसान्तसम्ममा ९ रुपैया १७ पैसा कायम भएको छ । त्यस्तै गरी फण्डले चैत मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ६९ करोड ६५ लाख लगानी गरेको छ ।
सनराइज ब्लूचिप फण्डको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस
सनराइज फोकस्ड इक्वीटी फण्डको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस
सनराइज फर्स्ट म्युचुअल फण्डको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस