सिटिजन्स म्युचुअल फण्डका तीनओटै योजनाको न्याभ बढ्यो, अन्य सूचक कति ?

काठमाडौं । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड २, सिटिजन्स म्युचुअल फण्ड १ र सिटिजन्स सुपर ३० म्युचअल फण्डले जेठ मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार यी तीनओटै फण्डको न्याभ वैशाखको तुलनामा जेठमा बढेको छ ।  सिटिजन्स सुपर ३० को न्याभ वैशाख मसान्तमा ९ रुपैयाँ ९४ पैसा रहेकोमा जेठ मसान्तमा बढेर १० रुपैयाँ ०८ पैसा पुगेको हो । त्यस्तै सिटिजन्स म्युचुअल फण्ड १ को न्याभ वैशाख मसान्तमा ८ रुपैयाँ ७८ पैसा रहेकोमा जेठ मसान्तमा बढेर ९ रुपैयाँ ३९ पैसा पुगेको छ ।  सिटिजन्स म्युचुअल फण्ड २ को न्याभ जेठ मसान्तमा १० रुपैयाँ ०५ पैसा कायम भएको छ । वैशाख मसान्तमा भने फण्डको न्याभ ९ रुपैयाँ ३२ पैसा थियो । यस फण्डले जेठ मसान्तसम्ममा रू. ७१ लाख ८४ हजार नाफा कमाएको छ । वैशाखमा भने फण्ड रू. ३ करोड १२ लाख नोक्सानीमा थियो । जेठ महीनामा फण्डले रू. १ करोड ६६ लाख आम्दानी गर्न सफल भएकाले नाफामा रहेको हो । वैशाखमा फण्डको जम्मा आम्दानी रू. २ करोड २७ लाख ऋणात्मक थियो । यस फण्डले जेठ मसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू. ३८ करोड २१ लाख लगानी गरेको छ । यो लगानी वैशाखमा रू. ३५ करोड ३ लाख थियो ।  त्यस्तै सिटिजन्स म्युचुअल फण्ड १ ले जेठ मसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू. ४९ करोड २४ लाख लगानी गरेको छ । यो लगानी वैशाख मसान्तसम्ममा रू. ४४ करोड ५९ लाख थियो । त्यस्तै यो फण्ड वैशाख मसान्तसम्ममा रू. २ करोड ९२ लाख नोक्सानीमा रहेकोमा जेठ मसान्तमा भने रू. २ करोड ६ लाख नाफामा छ ।  त्यस्तै सिटिजन्स सुपर ३० ले जेठ मसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू. १४ करोड १८ लाख लगानी गरेको छ । यस फण्डले सो अवधिमा रू. ६० लाख ५६ हजार नाफा कमाएको छ ।  सिटिजन्स म्युचुअल फण्ड १ को रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला सिटिजन्स म्युचुअल फण्ड २ को रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला सिटिजन्स सुपर ३० को  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला