प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति घोषणा नहुँदै गठबन्धनका विकल्प र सिट बाँडफाँटका विषयमा प्रमुख दलहरूले गृहकार्य थालेका छन् । स्थानीय निर्वाचनमा जस्तै पाँचदलीय गठबन्धन र एमालेसहितको विपक्षी दलबीच प्रतिस्पर्धा हुने सम्भावना छ । तर बहुमतको अंकगणितीय खेल र सिट बाँडफाँटको दाउपेचले समीकरण फेरिने सम्भावना पनि रहेको राजनीतिक दलका नेताहरू बताउँछन् ।