दुई चरणमा मन्त्रीमण्डल विस्तार गर्न सत्तारूढ दलहरू सहमत
दुई चरणमा मन्त्रीमण्डल विस्तार गर्न सत्तारुढ दलहरू सहमत भएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार बसेको बैठकमा एक–दुई दिनमै मन्त्रीपरिषद् विस्तार गर्ने र केही समयपछि पूर्णता दिने सहमति भएको हो ।
एमाले...
सत्तारूढ दलबीच नै विवाद बढ्दै जाँदा सरकार गठन भएको साढे दुई महिना बितिसक्दा समेत मन्त्रीमण्डलले पूर्णता पाउन सकेको छैन । सत्ता गठबन्धनमा आबद्ध जनता समाजवादी पार्टीले यसअघि सरकारले ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिनुपर्ने सर्त राखेपछि मन्त्रीमण्डल विस्तारमा ढिलाइ हुँदै आएको छ ।
मन्त्रीमण्डल विस्तार गर्ने विषयमा सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबीच आइतबार बालुवाटारमा भएको छलफल पनि सहमतिमा पुग्न सकेन । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूलाई तत्काल मन्त्रीमण्डल विस्तारमा सहयोग गर्न आग्र...