काठमाण्डाै – निर्वाचन आयोगले आउँदाे वैशाख ३० गते हुने स्थानीय तह चुनावकाे तयारीका लागि निर्वाचन आचारसंहिता कार्यान्वयनका सम्बन्धमा सरोकारवालाहरूको अन्तरक्रिया कार्यक्रम सुरु गरेको छ ।
आज बिहीवार भएको नियमित पत्रकार सम्मेलनमा आयोगले यसबारेमा जानकारी दिएको हो । यो कार्यक्रम देशका विभिन्न १५ ठाउँमा केन्द्रमा एक र १४ जिल्लामा सञ्चालन हुने र सातै प्रदेशका सदरमुकाममा सञ्चालन गरिने आयोगले बताएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै आयोगका सहायक प्रवक्ता एवम् सूचना अधिकारी सूर्यप्रसाद अर्यालले अहिले आयोगले निर्वाचन प्रयोजनक...